इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते – Hamropalika
जीवनशैली कुटिडाँडा टोलबिकास सस्थाको दोश्रो साधारणसभा सम्पन्न अर्थ वाणिज्य सूर्योदयमा आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समीक्षा सम्पन्न, ८८ प्रतिशत बितीय प्रगति अर्थ वाणिज्य चिया निर्यातको बिकल्प खोज्दै सूर्योदयका ब्यवसायी पालिका विशेष शिक्षासेवी गौरीलामाको शालिक अनावरण अर्थ वाणिज्य इलामको सुकिलुम्बा विमानस्थलबाट पुनः हवाई उडान हुने Photo Gallery तिजको लहर आयो बरी लै………. अर्थ वाणिज्य सूर्योदयको बाल बचत खातामा डेढ बर्षमै ८८ लाख बढी रकम जम्मा अर्थ वाणिज्य इलाम र पाँचथरमा १ अर्व ७० करोड बढी लागतमा ९६ वटा कुलो निर्माण अर्थ वाणिज्य माईजोगमाइमा अपाङ्गता भएका ब्यक्तिलाई घर–घरमै सामग्री बितरण पालिका विशेष इलामको माईजोगमाई ६ प्याङ्गमा डा.गोविन्द केसीद्वारा ३८५ जनाको उपचार
Hamropalika menu advertisement

इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते

  • प्रकाशित मितिः September 13, 2024
  • hamro_palika

इलाम : इलाममा बस दुर्घटनामा परी २६ जना घाइते भएका छन् ।शुक्रबार साँझ पौने ५ बजे इलामको कन्यामबाट झापातर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बस मेची राजमार्ग अन्तरगत रोङ गाउँपालिका-४ भालु झोडामा दुर्घटना हुँदा २६ जना घाइते भएका हुन् ।

ब्रेक फेल भई बस सडकको छेउमा रहेको कालिमन्दिरमा ठोक्किएको प्रहरीले जनाएको छ ।बसमा सवार ३२ जनामध्ये चालक सहित २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरीनायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

घाइते सबैलाई उपचारको लागि बिएण्डसि हस्पिटल विर्तामोड झापा तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घाइतेहरुको विवरण यसप्रकार रहेको छ ।

१. जिल्ला मोरङ रंगेली न.पा. २ वस्ने वर्ष ४० की मञ्जु सरदार ( टाउकोमा चोट, वोल्न सक्ने )
२. ऐ.ऐ. वस्ने वर्ष ३६ की रिना गडेरी दुवै हात भाँच्चिएको )
३. ऐ.ऐ. ८ वस्ने वर्ष ४८ की देविका कार्की ( टाउको र वायाँ कुममा चोट, वोल्न सक्ने )
४. ऐ.ऐ. वस्ने वर्ष ५० की सर्मिला पाठक ( टाउको र निधारमा चोट, वोल्न सक्ने )
५. ए.ऐ. वस्ने वर्ष ५२ कि विनिता मिश्र ( निधारमा चोट , सामान्य )
६. ऐ.ऐ. वस्ने वर्ष ३८ कि सर्मिला रिजाल ( दाहिने खुट्टामा चोट, सामान्य )
७. ऐ.ऐ. वस्ने वर्ष ६५ कि भद्र माया खड्का ( दाहिने हातमा चोट, सामान्य )
८. ऐ.ऐ. २ वस्ने वर्ष ६१ कि मुनेश्वरी खड्का ( दाहिने खुट्टामा चोट, सामान्य )
९. ऐ.ऐ. ९ वस्ने वर्ष ५८ कि सिता कोइराला ( वायाँ खुट्टामा चोट, सामानय )
१०. ऐ.ऐ. २ वस्ने वर्ष ६५ कि राधा भुजेल ( वायाँ आँखा माथि चोट, सामान्य )
११. ऐ.ऐ. वस्ने वर्ष ५२ की शान्ति गडेरी ( छात्तिमा चोट, सामान्य )
१२. ऐ.ऐ. ७ वस्ने वर्ष ६० की सुकनी देवि मण्डल ( छात्तमा चोट, सामान्य )
१३. ऐ.ऐ. ९ वस्ने वर्ष ३६ कि मालती मुखिया ( वायाँ खुट्टा भाँच्चिएको, वोल्न सक्ने )
१४. ऐ.ऐ. वस्ने वर्ष ३३ कि आशा झा ( मुख र खुट्टामा चोट, सामान्य )
१५. ऐ.ऐ. वस्ने वर्ष २२ कि राजकुमारी राय (निधारमा चोट सामान्य )
१६. ऐ.ऐ. ७ वस्ने वर्ष ४५ को नन्द किशोर मण्डल ( मुख र दाहिने हातमा चोट, सामान्य )
१७. ऐ.ऐ. वस्ने वर्ष ४० कि ममता देवि मण्डल ( टाउकोमा चोट , सामान्य )
१८. ऐ.ऐ. ८ वस्ने वर्ष ५० कि लक्ष्मी आचार्य ( टाउकोमा चोट , सामान्य )
१९. ऐ.ऐ. ७ वस्ने वर्ष ३५ की दुर्गा गिरि ( टाउको र खुट्टामा चोट , सामान्य)
२०. ऐ.ऐ. ८ वस्ने वर्ष ४८ कि मञ्जु कठेत ( नाकमा चोट, सामान्य )
२१. ऐ.ऐ. वस्ने वर्ष ३५ कि कमला कार्की ( निधार र टाउकोमा चोट, सामान्य )
२२. ऐ.ऐ. वस्ने वर्ष ४१ कि रिता खतिवडा ( वायाँ खुट्टामा चोट सामान्य )
२३. ऐ.ऐ. वस्ने वर्ष ६० कि पदम माया खड्का ( टाउकोमा चोट, सामान्य )
२४. ऐ.ऐ. वस्ने वर्ष ६१ कि देवि माया खरेल ( वायाँ आँखा माथि चोट, सामान्य )
२५. ऐ.ऐ. वस्ने वर्ष ५० कि लक्ष्मी राजवंशी ( अनुहारमा चोट, सामान्य )
२६. ऐ. रतुवामाई न.पा. ८ वस्ने चालक वर्ष ३५ को राजकुमार राइ ( छात्तिको भित्रि भागमा चोट सामान्य )

TOP