जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर  मृत्यु

फिक्कल: इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा घर निर्माण गर्ने क्रममा ४ जना भारतीय मजदुरको पुरिएर मृत्यु भएको छ ।शुक्रबार साझ घरको जगको प्लम हाल्दै गर्दा माथीबाट झरेको सुक्खा पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको हो । स्थानीय बिनोद श्रेष्ठको घर निर्माणको काम उनीहरुले आजैबाट थालेका थिए । मृतक १८ देखि २५ बर्ष उमेर समुहका छन् ।

पुरिएर मृत्यु हुँनेमा भारतको किसनगंज डिगल बैंकका तोसीब अलाम, अजि मोदिन, मुजाफर अलाम र अब्दुल अलाम रहेको पुष्टि भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनु भयो । घर निर्माणका ठेकेदार ममत अलाम सहित ४ जना भागेर बाच्न सफ भएका छन्।
घरको जगको प्लम हाल्ने क्रममा एक्कासी माथीबाट पहिरो झरेर पुरिएका मजदुरको घटना स्थलमै मृत्यु भएको हो ।प्रहरी , जनप्रतिनिध र स्थानीयले उद्धार गरे पनि माटोमा पुरिएका कारण खोजन ढिला भएको थियो । कुन ठाउँमा पुरिएको हो भन्ने थाहा नभए पछि शब निकाल्न ढिला भएको थियो ।
प्रहरी निरीक्षक राईले कहा पुरिएको भन्ने नै अनुमान गर्न नसक्दा जेसीबीले खनेर शब निकालिएको जानकारी दिनु भयो ।सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामाले भर्खरै खनिएको घडेरीमा माथीको जमिन कच्ची भएका कारण पहिरो खसेको हुन सक्ने बताउनु भयो । समथर भुभाग भएका कारण जोखीम जस्तो नदेखिए पनि माथीबाट शुक्खा पहिरो झर्दा मजदुरको ज्यान गएको छ । शवलाई फिक्कल अस्पतालमा राखिएको छ । शनिबार पोष्टमार्टम गरीने प्रहरीले जनाएको छ ।
ठेकेदार अलामले भारतबाट परिवारका सदस्य भिकाईएको जानकारी दिनु भयो । सबै मजदुर केहि समय अघि देखि सूर्योदय नगरपालिकाका बिभिन्न स्थानमा घर निमर्माणको काम गर्दै आएका थिए ।

TOP