प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

करफोकमा साहित्य अभिमुखीकरण तथा बहुभाषिक कवि गोष्ठी

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
करफोकमा साहित्य अभिमुखीकरण तथा बहुभाषिक कवि गोष्ठी

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा दुई दिने साहित्य अभिमुखीकरण तथा बहुभाषिक कवि गोष्ठी शुरु भएको छ ।
सूर्योदय नगरपालिकाको नगर स्तरीय साहित्य , कला तथा संगीत प्रतिष्ठानको आयोजनामा बिहीबारबाट करफोकमा शुरु भएको साहित्य अभिमुखीकरण तथा बहुभाषिक कवि गोष्ठी दुई दिन सम्म संचालन हुने छ ।
बिद्यार्थी र युवालाई साहित्य लेखनमा प्रेरित गर्ने र बिभिन्न भाषाको साहित्य मार्फत प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
साहित्य लेखन अन्र्तगत कविता गजल लेख्न सिकाईने छ । कवि मनु मञ्जिल र देवान किरातीले गजल कविता लेखनका बिषयमा प्रशिक्षण दिई रहनु भएको छ । नाट्यकर्मी सोनु जयन्तीले नाटकको प्रशिक्षण दिई रहनु भएको छ ।
सूर्योदय नगरपालिका सामाजिक बिकास समितका संयोजक डिक बंम्जनको अध्यक्षता तथा पूर्व नगर उप प्रमुख दुर्गादेबी भट्टराईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताले साहित्यलाई पर्यटन प्रवर्धनमा जोडनु पर्ने बताए । कार्यक्रममा सूर्योदय नगरपालिकाका पूर्व उप प्रमुख दुर्गादेबी भट्टराईले साहित्य मार्फत पर्यटन प्रवर्धन गर्न सकिने जानकारी दिनु भयो । उहाले साहित्यले हरेक समाजको यर्थाथ चित्रण गर्ने भएकाले साहित्य सिर्जनामा युवालाई समेट्नु पर्ने बताउनु भयो ।उहाले बिगतमा गरिएका कामलाई नगरले निरतर््ता दिनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोलदै कवि देवान किरातीले समुदायमा भैरहेका गतिविधिलाई साहित्य सिर्जना गर्न सिकाईने बताउनु भयो । शुक्रबार ४० बढी साहित्यकारले बिभिन्न भाषामा कविता वाचन गर्ने आयोजक नगर स्तरीयसाहित्य , कला तथा संगीत प्रतिष्ठानका सदस्य डिल्ली सुवेदीले जानकारी दिनु भयो । उहाले राई, लिम्बु लाप्चा , शेर्पा , तामाङ आदि भाषामा कविता वाचन हुने जानकारी दिनु भयो । सुवेदीले भन्नु भयो‘हामी बहु भाषिक संस्कृति भित्र रहेका छौ, यसको प्रवर्धन गर्ने हाम्रो उद्देश्य हो ।’ कार्यक्रममा अध्यक्ष डिक बम्जन, वडाध्यक्ष डोलेन्द्र भारध्वज, कार्यपालिका सदस्य लता गौतम अधिकारी, करफोक माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक राजु कट्टेल लगायतले बोल्नु भएको थियो ।
नगर स्तरीय समितिले उक्त साहित्यीक कार्यक्रम संगै नाटक महोत्सव र गायन प्रतियोगिता समेत आयोजना गरेको छ ।

TOP