पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

करफोकमा साहित्य अभिमुखीकरण तथा बहुभाषिक कवि गोष्ठी

  • प्रकाशित मितिः May 18, 2025
  • हाम्रो पालिका
करफोकमा साहित्य अभिमुखीकरण तथा बहुभाषिक कवि गोष्ठी

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा दुई दिने साहित्य अभिमुखीकरण तथा बहुभाषिक कवि गोष्ठी शुरु भएको छ ।
सूर्योदय नगरपालिकाको नगर स्तरीय साहित्य , कला तथा संगीत प्रतिष्ठानको आयोजनामा बिहीबारबाट करफोकमा शुरु भएको साहित्य अभिमुखीकरण तथा बहुभाषिक कवि गोष्ठी दुई दिन सम्म संचालन हुने छ ।
बिद्यार्थी र युवालाई साहित्य लेखनमा प्रेरित गर्ने र बिभिन्न भाषाको साहित्य मार्फत प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
साहित्य लेखन अन्र्तगत कविता गजल लेख्न सिकाईने छ । कवि मनु मञ्जिल र देवान किरातीले गजल कविता लेखनका बिषयमा प्रशिक्षण दिई रहनु भएको छ । नाट्यकर्मी सोनु जयन्तीले नाटकको प्रशिक्षण दिई रहनु भएको छ ।
सूर्योदय नगरपालिका सामाजिक बिकास समितका संयोजक डिक बंम्जनको अध्यक्षता तथा पूर्व नगर उप प्रमुख दुर्गादेबी भट्टराईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताले साहित्यलाई पर्यटन प्रवर्धनमा जोडनु पर्ने बताए । कार्यक्रममा सूर्योदय नगरपालिकाका पूर्व उप प्रमुख दुर्गादेबी भट्टराईले साहित्य मार्फत पर्यटन प्रवर्धन गर्न सकिने जानकारी दिनु भयो । उहाले साहित्यले हरेक समाजको यर्थाथ चित्रण गर्ने भएकाले साहित्य सिर्जनामा युवालाई समेट्नु पर्ने बताउनु भयो ।उहाले बिगतमा गरिएका कामलाई नगरले निरतर््ता दिनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोलदै कवि देवान किरातीले समुदायमा भैरहेका गतिविधिलाई साहित्य सिर्जना गर्न सिकाईने बताउनु भयो । शुक्रबार ४० बढी साहित्यकारले बिभिन्न भाषामा कविता वाचन गर्ने आयोजक नगर स्तरीयसाहित्य , कला तथा संगीत प्रतिष्ठानका सदस्य डिल्ली सुवेदीले जानकारी दिनु भयो । उहाले राई, लिम्बु लाप्चा , शेर्पा , तामाङ आदि भाषामा कविता वाचन हुने जानकारी दिनु भयो । सुवेदीले भन्नु भयो‘हामी बहु भाषिक संस्कृति भित्र रहेका छौ, यसको प्रवर्धन गर्ने हाम्रो उद्देश्य हो ।’ कार्यक्रममा अध्यक्ष डिक बम्जन, वडाध्यक्ष डोलेन्द्र भारध्वज, कार्यपालिका सदस्य लता गौतम अधिकारी, करफोक माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक राजु कट्टेल लगायतले बोल्नु भएको थियो ।
नगर स्तरीय समितिले उक्त साहित्यीक कार्यक्रम संगै नाटक महोत्सव र गायन प्रतियोगिता समेत आयोजना गरेको छ ।

TOP