जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

बिदामा पनि सेवा दिदै जिल्ला प्रशासन कार्यालय इलाम

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
बिदामा पनि सेवा दिदै जिल्ला प्रशासन कार्यालय इलाम

प्रेम अधिकारी,इलाम:

जिल्ला प्रशासन कार्यालय इलामले १६ वटा पर्व र जयन्ती जस्ता बिदामा पनि नागरिकलाई सेवा दिने भएको छ । कामको चाप हुँदा शनिबार पनि सेवा दिदै आएको जिल्ला प्रशासनले शनिबार बाहेकका २०८० सालका १६ वटा बिदामा पनि नागरिकलाई सेवा दिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले नागरिकलाई जति सक्दो छिटो सेवा दिनका लागि शनिबार सहित बिदाका दिन पनि सेवा दिने काम थालेको जानकारी दिनु भयो । पोखरेल सरुवा भएर इलाम आउनु भए पछि प्रिन्ट भएर आएको पासपोर्ट शनिबार पनि वितरण गरिदै आएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारले दिएका बिदाहरु उद्यौली, उभौली,रक्षाबन्धन, श्र कृष्णजन्म अष्टमी, घटस्थापना, बुद्धजयन्ती, पृथ्बी जयन्ती, तमु ल्होसार, सोनाम ल्होसार, माघी पर्व, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महाशिवरात्री, अन्तराष्ट्रिय नारी दिवस, ग्याल्बो ल्होसार र इद उल फित्र लगायतका बिदामा पनि जिल्ला प्रशासन कार्यालय खुल्ने र नागरिकका काम गरिने भएको छ । प्रजिअ पोख्रेलले भौगोलिक बिकटता भएको पहाडी जिल्लामा एक दिनमा आएर काम सक्न नागरिकलाई असहज हुँने र धेरै दिन बस्नु पर्दा सानो काम पनि खर्चीलो हुँने भए पछि बिदामा पनि काम गर्ने निर्णय गरिएको बताउनु भयो । उहाले भन्नु भयो‘हामीले दालाली मुक्त जिल्ला प्रशासन बनाएका छौ, एकै दिनमा काम सकेर नागरिकलाई दिने हाम्रो लक्ष्य हो ।’
प्रशासन कार्यालयले कार्यालय परिसरबाट बिचौलीया हटाएर आफै सेवा दिन थालेको छ । बिचौलीयाले काममा ढिालाई गरिदिने अनावश्यक झन्झट थपी दिने र मंहगो शुल्क लिने गरेको पाईए पछि बिचौलीया हटाईएको प्रजिअ पाख्रेलले जानकारी दिनु भयो । प्रशासन कार्यालयले अनलाईन मार्फत भर्नु पर्ने फारम समेत आफै भरीदिन थालेको छ । जसका लागि स्थानीय पालिका संग समन्वय गरी कर्र्मचारीको ब्यवस्थापन गरिएको छ । जिल्ला प्रशासनमा राहादानी सेवाको चाङ लाग्ने गरेकोमा हाल बिद्युतिय बिचौलीया बिहिन बनाएर निशुल्क फारम भर्ने ब्यवस्था मिलाईएको छ । स्थानीय तह संगको साझेदारी मोडलमा कर्मचारी थप गरी बिचौलीया बिहीन सेवा शुरु गरिए पछि राहादानी लिनेको भिड समेत घटेको छ । बिहान र बेलुका गरेर दुई सिफ्टमा कर्मचारी परिचालन गरेर अहिले सेवा दिईदै आएको प्रजिअ पोखरेलले जानकारी दिनु भयो । त्यस्तै राष्ट्रिय परिचय पत्र दैनिक ६० वटा सम्म बितरण गरिदै आएकोमा हाल त्यो संख्या बढेर ८० बढी पुगेको छ । राष्ट्रिय परिचय पत्र अहिले एकै दिनमा जारी गर्न थालिएको छ । जसका लागि एक जना कर्मचारी थप गरीएको छ । दैनिक ६५ बढी राष्ट्रिय परिचय पत्र र २५ बढी नागरिक्ता बितरण भैरहेको छ ।
त्यस्तै प्रजिअ पोख्रेलले प्रमुख जिल्ला अधिकारीलाई कानुनले दिएका सबै अधिकार प्रत्यायोजन गरी इलाका प्रशासन कार्यालय मंगलबारे र पशुपतिनगरबाट सबै प्रकारका नागरिक्ता बितरण गर्न थालिएको छ । ‘अधिकार प्रत्यायोजन गरिए पछि नागरिक्ताकै लागि नागरिक्ले प्रजिअको ढोका कुर्न आउनु पर्ने बाध्यता हेटेको छ ’ प्रजिअ पोखरेलले भन्नु भयो ।
जिल्ला प्रशासन कार्यालयले प्रधानमन्त्री कार्यालयले शुरु गरेको हेल्लो सरकारलाई समेत प्रभावकारी बनाएको छ । हेल्लो सरकार मार्फत परेका उजुरीको शत प्रतिशत फस्र्यौट गरिएको छ । त्यस्तै सूचना प्रविधि मन्त्रालयको नागरिक एपलाई समेत चुस्तदुरुस्त बनाई डाटा इन्ट्रका काम गरिएको छ । अहिले नागरिक एप्सको टाक्सफोर्समा जिल्ला प्रशासन कार्यालयको उपलब्धी ९९ दशमलब ९ प्रतिशत पु¥याईएको छ ।
यस अघि पश्चिम नवलपरासीमा रहदा पनि प्रजिअ पोखरेलले कामलाई छिटो छरितो बनाउनु भएको थियो । उहाले कामलाई छिटो छरितो बनाउनका लागि स्थानीय पालिका संग सम्झौता गरिएको जानकारी दिनु भयो । इलामका १० वटा पालिकाले सेवा प्रवाह छिटो बनाउन कर्मचारी ब्यवस्थापनका लागि मासिक ८ हजारका दरले जिल्ला प्रशासनलाई आर्थिक सहयोग गरेका छन । सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले जिल्ला प्रशासनको काम छिटो भएर नागरिले दुख नपाउने भए पछि पालिकाहरुले सहयोग गरेको जानकारी दिनु भयो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यादव राउतले प्रमुख जिल्ला अधिकारीले आट गर्दा तलका कर्मचारीले काम गर्ने भएकाले छरितो सेवा प्रवाह गर्न सम्भव भएको बताउनु भयो । उहाले जिल्ला प्रशासन कार्यालयमा हाल कुनै बिषयमा आर्थिक कुरा नजोडिई काम हुन थाले पछि नागरिले ब्यर्होनु पर्ने झन्झट हटेको बताउनु भयो । यादव मालपोत कार्यालयको प्रमुख भएर बस्दा पनि मालपोत कार्यालयलाई बिचौलीया रहित बनाएर एकै दिनमा सेवा दिने कार्यको प्रारम्भ भएको थियो । प्रशासन कार्यालयले पछिल्लो समय कारागार सुधारका काम समेत गर्न थालेको छ ।

TOP