जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सरस्वती माध्यमिक बिद्यालयको स्वर्ण महोत्सव

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
सरस्वती माध्यमिक बिद्यालयको स्वर्ण महोत्सव
गोबिन्द पौडेल रोङ:


सरस्वती माध्यामिक बिद्यालय भालुझोडाले आफ्नो स्थापनाको पचास बर्ष आईतबार र सोमबार बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
२०३० बैशाख १० गते स्थापना भएको बिद्यालय २०५५ सालबाट निम्न माध्यामिक हुदै २०६६ बाट माध्यामिक तहको कक्षा १० सम्म सचालित रहेको छ । बैशाख १७ र १८ गते दुईदिन बिभिन्न कार्यक्रम गरेर मनाईने ५० आंै बार्षिक उत्सव (स्वर्ण महोत्सवको ) कार्यक्रम अनुसार १७ गते उद्घाटन , स्वर्ण महोत्सवको स्तम्भ अनावरण,राष्टपती शैक्षिक सुधार योजना अन्तगत नवनिर्मित चारकोठे भवन उद्घाटन,स्थापना कालदेखि हालसम्मका शिक्षक,बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका सदस्यलाई सम्मान र मायाको चिनो बितरण ,पुर्व शिक्षक तथा वर्तमान अध्यक्ष समाजसेवी आरबी गुरुङले बिद्यालयलाई दिनु भएको योगदानको मुल्यांकनको कदर गर्दै दिर्घ सेवा पदक प्रदान गरिने भएको छ ।
साथै समुदायमा रहेका बिभिन्न आठ जाती राई,लिम्वु,गुरुङ,तामाङ ,भुजेल,सुनुवार र खस संगीनी झाकी समेत प्रस्तुत गरीने कार्यक्रम रहेको बिद्यालयका प्रधानाध्यापक प्रेम बहादुर राईले बताए ।यसैगरि १८ गते रोङ गाउँपालिका भरीका बिद्यालय र बिभिन्न क्लवकको साथमा नृत्य , गायन सहितको सांस्कृतीक कार्यक्रम सहित समापन गरिने छ ।

TOP