जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

राष्ट्रिय चिया दिवस बिभिन्न कार्यक्रम गरी मनाईयो, कृषिको बिकासले मात्र अर्थतन्त्र बलियो बन्नेमा मन्त्री भुसालको जोड

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
राष्ट्रिय चिया दिवस बिभिन्न कार्यक्रम गरी मनाईयो, कृषिको बिकासले मात्र अर्थतन्त्र बलियो बन्नेमा मन्त्री भुसालको जोड

फिक्क्ल: कृषि तथा पशुपंक्षी बिकास मन्त्री डाक्टर बेदुराम भुसालले देशमा अर्थतन्त्र बलियो बनाउन कृषि क्षेत्रको बिकास हुँनु पर्ने बताउनु भएको छ । २७ औं राष्ट्रिय चिया दिवसको अवसरमा शुक्रबार इलामको सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भुसालले नेपालको अर्थतन्त्र बलियो बनाउने आधार कृषि क्षेत्रको बिकास भएको बताउनु भएको हो ।
मन्त्री भुसालले नेपालको कृषि क्षेत्रको बिकासका लागि बिदेशी निर्यातकर्ता भित्रयाउनु पर्ने बताउनु भयो । उहाले निर्यात प्रवर्धन र आयात प्रतिस्थापन गर्ने नीति लिएर अगाडी बढनु पर्ने बताउनु भयो । मन्त्री भुसालले भन्नु भयो‘देशको दिगो बिकासका लागि सबै भन्दा पहिले कृषि क्षेत्रको बिकास गर्नु पर्छ, यसमा मात्र हाम्रो समृद्धि छ ।’
मन्त्री भुसालले हाल नेपालको जनसंख्या मध्ये ५१ प्रतिशतले कृषि ब्यवसाय गरे पनि राष्ट्रिय आयमा १३ प्रतिशत मात्र योगदान हुँनु दुखद भएको बताउनु भयो ।
उहाले सिंचाईको समस्या, मलको समस्या समाधान गर्न सरकार लागि परेको बताउनु भयो । मन्त्री भुसालले नेपालको चिया चिन पठाउने तयारी भैसकेको जानकारी दिदै बिश्व बजारमा नेपाली चियाको बजार खोजीने जानकारी दिनु भयो ।मन्त्री भुसालले यस अघि इलामको रोङ गाउँपालिकामा रहेको मौरी बिकास कार्यक्रमको अवलोकन गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु प्रसाद भट्टराईले सबैले इमान्दारिता देखाए मात्र नेपाली चियाले बजार पाउने बताउनु भयो । उहाले भन्नु भयो‘जव सम्म गुणस्तरीय चिया उत्पादन हुँदैन तव सम्म बजारी करणमा समस्या आईरहन्छ, त्यसैले हामी नै सुध्रन जरुरी छ ।’उहाले बिश्व बजारमा नेपाली चियाको माग बढेको बताउदै चाईना चिया निर्यातको प्रक्रिया पुरा भएको बताउनु भयो ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले चियाका समस्या दिगो रुपमा समाधान गर्नु पर्ने बताउनु भयो । प्रदेश सभा सदस्य राम रानाले चियाको बजार शुनिश्चित गर्न सरकार लाग्नु पर्ने बताउनु भयो । चिया उद्योगी उदय चापागाईले सरकारले चिया क्षेत्रलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउनु पर्ने बताउनु भयो ।
बोर्डले २७ औं चिया दिवको अवसमा यस पटक तिन दिने चिया महोत्सव गरेको छ । कार्यक्रममा सहभागी हुँन चाईना , अमेरीका र जापानबाट बायरहरु इलाम आएका छन । उहाहरुले शनिबार अन्तुमा चिया टेष्टिङ गर्ने कार्यक्रम रहेको छ ।
विसं १९२० मा इलाम चिया बगानबाट रोपण सुरु गरिएको चिया अहिले २० हजार दुईसय १९ हेक्टर इोत्रफलमा फैलिएको छ ।
बोर्डका अनुसार आर्थिक वर्ष ०७८।०७९ मा चियाको उत्पादन १३ हजार ८८५ मेक्ट्रिक टन भएको थियो । हाल देशका १९ जिल्लामा २६ हजार मेट्रिकटन चिया उत्पादन हुँदै आएको छ ।
बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिना दुई अर्ब ९८ करोड ४८ लाख ७६ हजार रुपियाँ बराबरको एक करोड ३७ लाख ३३ हजार ४०४ किलो चिया निर्यात भएको छ । गत वर्ष सो अवधिमा दुई अर्ब ३६ करोड ८७ लाख २५ हजार रुपियाँ बराबरको ९० लाख १७ हजार ८४३ किलो चिया निर्यात भएको थियो । गत वर्षको तुलनामा ६१ करोड ६१ लाख ५१ हजार रुपियाँ बराबरको ४७ लाख १५ हजार ५६१ किलो चिया निर्यात बढी भएको विभागको तथ्याङ्कले देखाएको छ ।

TOP