भारतको हेपाहामा नेपाल टुलुटुलु : एमाले अध्यक्ष ओली – Hamropalika
पर्यटन कन्याममा बिज्ञान र ग्रणित प्रदर्शनी तथा प्रतियोगिता पालिका विशेष शंकर आधारभूत बिद्यालयको ६१ औं बार्षिक उत्सब सम्पन्न पर्यटन इलामका बिद्यालयमा पर्यटन क्लब गठन पालिका विशेष बिज्ञान तथा गािणत प्रदर्शनी सम्बन्धि सूचना प्रदेश १ मेची राजमार्गमा प्रहरीको स्कटिङमा यातायत सुचारु अर्थ वाणिज्य कोशी प्रदेशबाट अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात अर्थ वाणिज्य मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण पालिका विशेष लागुऔषध सहित माई नगरपालिकाबाट एक जना पक्राउ पालिका विशेष बिद्यार्थीलाई ब्रस र पेष्ट बाढ्दै सूर्योदयका नगर प्रमुख राई अर्थ वाणिज्य गजुरमुखी धार्मिक मेलामा दर्शनार्थीको घुँइचो
Hamropalika menu advertisement

भारतको हेपाहामा नेपाल टुलुटुलु : एमाले अध्यक्ष ओली

  • प्रकाशित मितिः December 1, 2023
  • hamro_palika

इलाम: पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सिमाना मिचेकोमा नेपालले हेर्नुमात्र पर्ने बताएका छन । पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिशद बैठकलाई सम्बोधन गर्न इलाम आएका ओलीले इलामको पशुपतिनगर पुगी सिमा अवलोकन पश्चात यस्तो बताएका हुन । उनले पश्चात पत्रकार सँग कुरा गर्दे ठूलो छाती भएको छिमेकी देश भारतले न्यायपुर्ण मित्रवत गर्नुपर्नेमा हेपावा पूवृति गरेको बताए । दुई देशको सिमानाको दशगजामा प्रहरी पोष्ट सञ्चालन गर्ने र बेला बेला सिमानामा समस्या ल्याउनु हेपाहा प्रवृति रहेको भन्दै यस्ता समस्यामा नेपालले हेर्नुमात्र पर्ने गरेको भन्दै ओलीले भारतले ठूलो देश भएकै कारणले सीमाको कुरा नसुुन्ने भन्ने नहुने बताए । ‘सानोतिनो अर्घेल्याइँ गरेर भारतले कुनै ठूलो लाभ पनि प्राप्त गर्ने होइन, यो व्यवहारले नेपाललाई आफूलाई हेपिएको अनुभूति हुन्छ,’ उनले भने, ‘हेपिएको महसुुस हुँदा कसैलाई राम्रो लाग्दैन, भारतले सुन्छ होला । यस सम्बन्धमा निष्कर्ष निकाल्नेगरी कुरा गर्छौ ।’

TOP