प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

इलाम र काठमाडौँमा २७ औँ ‘राष्ट्रिय चिया दिवस’ मनाईदै

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
इलाम र काठमाडौँमा २७ औँ ‘राष्ट्रिय चिया दिवस’ मनाईदै

इलाम: राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७ औँ ‘राष्ट्रिय चिया दिवस’ वैशाख १४ देखि १६ गतेसम्म मनाउने भएको छ ।इलामको सूर्योदय नगरपालिकामा बैशाख १५ गते कृषि मन्त्री सहितको टोली चिया दिवस मनाउन आउने भएको हो । इलाममा बिभिन्न कार्यक्रम गरी चिया दिवस मनाउने तयारी भैरहेको छ ।
तीन दिनसम्म चिया प्रवद्र्धन सम्बन्धी विभिन्न कार्यक्रम गरिने दिवसमा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी व्यवसाय, विक्रेता, उपभोक्ता, विभिन्न राष्ट्रबाट सहभागी हुने कूटनीतिज्ञ लगायत विशिष्ट व्यक्तिको सहभागितामा आज नेपाल पर्यटन बोर्डमा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवसमेत हुँदै छ ।
बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले त्रिदिवसीय कार्यक्रम अन्तर्गत काठमाडौँमा चिया प्रदर्शनीका साथै नेपाली अर्थोडक्स चियामा लागू हुने ‘ट्रेसाबिलिटी प्रणाली’ को प्रारम्भ गरिने जानकारी दिनुभयो । उहाँका अनुसार इलाममा चियाका बगैँचा अवलोकनका लागि भ्रमणका साथै नेपाली र विदेशी चिया व्यापारी बीच शिष्टाचार व्यापारिक बैठक भोली गराइने छ ।
चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ । विसं १९२० मा इलाममा चिया खेती सुरु भएको भए पनि झापा, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई विसं २०३९ मा चिया क्षेत्रका रुपमा घोषणा गरी सरकारी तहबाट व्यावसायिक चिया खेतीको प्रवद्र्धन गरिएको पाइन्छ ।
चालु आवको तथ्याङ्कअनुसार नेपालमा २० हजार दुई सय १९ हेक्टरमा चिया रोपण भएको र २६ हजार तीन सय ७९ मेट्रिक टन चिया उत्पादन भएको छ । त्यसैगरी भारतलगायत तेस्रो मुलुकमा १३ हजार आठ सय ८५ मेट्रिक टन चिया निर्यात गरिएको बोर्डले जनाएको छ ।

TOP