जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

हर्कटे– जिर्मले बैकल्पिक सडक बनाउने शिवको प्रयास सफल

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
हर्कटे– जिर्मले बैकल्पिक सडक बनाउने शिवको प्रयास सफल

गोबिन्द पौडेल:


लामो समय सम्म स्तरोन्नती हुन नसकेको हर्कटे –तारगाउँ –जिर्मले सडकको बिकल्पमा सूर्योदय नगरपालिका – ६ तारगाउँ क्षेत्रमा बनेको बार्हमासे सडकले रोङ–६ रम्भ्याङ वासिका लागि भरपर्दाे सडक मार्ग बनेको छ ।
२०३५ सालबाट निर्माण थालिएको हर्कटे तारगाउ जिर्मले माथिल्लो सडक केन्द्रिय स्तरको सडक हो । तर, सडक निर्माण कार्य नभएपछि सूर्योदय नगरपालिका –६ ले तारगाउँको बिचबाट बनेको हर्कटे तारगाउँ महेन्द्रबेसी आलगैरी हुदै जिर्मले जोडिएको छ ।तारगाउँखोला र राममन्दिर आसपासमा नालीपेटि सहित ग्राभेल समेत गरिएको छ ।
बिकट ठाउँलाई सजिलो बनाएपछि सिङ्गो तारगाउँ सहित जिर्मले वासिको लागि भरपर्दो बिकल्प बनेको हो । वडाध्यक्ष शिवकुमार बस्नेले भने ‘समयमै काम सकेर नागरिकलाई सजिलो अनुभुति दिने मेरो प्रयास हो ।’
यसबर्ष तारगाउँ खोलाबाट करिव १.५ किमि नालिपेटि र ग्राभेल गर्न १ करोड १० लाख बजेट बिनियोजन भयो । त्यसले तारजाली र ह्युम पाईप राखेर बाह्मासे सडक बनाउदै लैजाने आफ्नै कार्यकालमा अगाडिको भागमा स्तरउन्नति र कालोपत्रे गरेर वडा नम्बर ६ का नागरिकलाई सहज बनाउने उनले योजना सुनाए ।
अघिल्लो कार्यकालमा निक्कै बिवाद र चर्चामा रहेका वाडध्यक्ष बस्नेत दोस्रो कार्यकालमा निर्वाचित बनेपछि शुरुबाट बिकासको काममा फड्को मार्न थाले । अघिल्लो कार्यकालमा अनावश्यक बिबादमा तानिने गरेको भएपनि अव काम गर्न कुनै अडचन नहुदा लक्ष्य अनुसारको प्रगति निर्धारित समय अघि प्राप्त गर्न सक्नेमा ढुक्क रहेको बताए ।

TOP