सूर्याेदय नगरपालिकाको नीति तथा कार्यक्रम पारित – Hamropalika
जीवनशैली सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण पालिका विशेष सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान अर्थ वाणिज्य इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक खेलकुद नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण पालिका विशेष प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा पालिका विशेष इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन पालिका विशेष इलामको माईमा आगलागिबाट १० लाखको क्षति पालिका विशेष राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने पालिका विशेष इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते पालिका विशेष फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु
Hamropalika menu advertisement

सूर्याेदय नगरपालिकाको नीति तथा कार्यक्रम पारित

  • प्रकाशित मितिः June 1, 2023
  • hamro_palika

इलाम : इलामको पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।0८१ काे लागि नीति तथा कार्यक्रम पारित गरेकाे छ ।साेमबार बसेकाे नगरसभाकाे १३ औं अधिवेशनकाे दाेस्राे बैठकले नीति कार्यक्रम संशोधन सहित पारित गरेकाे हाे ।

बैशाख ८ गते बसेकाे नगरसभाकाे बैठकमा नगर प्रमुख रणबहादुर राइले आगामी आर्थिक वर्षकाे लागि नीति कार्यक्रम पेश गरेका थिए । नगरसभाकाे साेमबारकाे बैठकमा बाेल्ने नगरसभा सदस्यहरूले नीति कार्यक्रमका कतिपय विषय दाेहाेरिएकाे, समुहकृत गर्न आवश्यक भएकाे र संक्षेपिकरण गर्न सुझाएपछि नीति कार्यक्रम संशोधन सहित पारित भएकाे हाे ।

सभामा आर्थिक विकास समितिका संयाेजक देवेन्द्र शर्माले आर्थिक विकास समिति अन्तरगतका विषयक्षेत्र तथा उपक्षेत्रकाे नीति कार्यक्रमलाई समुहकृत र संक्षेपिकरण गरेर सभामा प्रस्तुत गरेका थिए ।त्यस्तै भौतिक पूर्वाधार विकास समितिका संयोजक पेमा उर्गेन लामाले भौतिक पूर्वाधार विकास समिति अन्तरगतका विषयक्षेत्र तथा उपक्षेत्रका नीतिहरू, वन वातावरणमा तथा बिपद् व्यवस्थापन समिति संयोजक राजकुमार शेरेङले आफ्नाे विषयगत समिति अन्तरगतका नीतिहरूलाई समायोजन र संक्षेपिकरण गरेर सभामा पेश गरेका थिए ।

त्यस्तै सामाजिक विकास समितिका सदस्य शिवकुमार बस्नेतले सामाजिक विकास समिति र सुशासन तथा संस्थागत क्षमता विकास समितिका संयाेजक साेनाम छिरिङ लामाले आफ्नाे विषयगत समिति अन्तरगतका नीति कार्यक्रमहरूलाई संक्षेपिकरण र समुहकृत गरेर सभामा पेश गरेका थिए ।सभाकाे बैठकमा नगरसभा सदस्यहरू कमलप्रसाद गड्तौला, उर्मिला राई, पुन्यप्रसाद पाेख्रेल, जगतबहादुर तामाङ र बिमल राईले नीति कार्यक्रम, सार्वजनिक महत्वकाे प्रस्ताब र ध्यानाकर्षण प्रस्ताब राखेका थिए । नगरसभामा आएका प्रस्ताबकाे नगरप्रमुख रणबहादुर राईले सम्बाेधन गरेका थिए ।

सभाबाट सूर्याेदय नगरपालिकाकाे उपभोक्ता हित संरक्षणकाे पहिलाे संशोधन विधेयक पारित गरेकाे छ । ऐनकाे संशोधन विधेयक उपप्रमुख दूर्गा कुमार बरालले प्रस्तुत गरेका थिए ।नगरसभाकाे अर्काे बैठक असार ३ गतेबस्नेगरी स्थगित भएकाे सूर्योदय नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले जानकारी दिए ।

TOP