पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

सूर्याेदय नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

  • प्रकाशित मितिः May 18, 2025
  • हाम्रो पालिका
सूर्याेदय नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

फिक्कल: इलामको सूर्याेदय नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । शुक्रबार शुरू भएको नगरसभाको १३ औं नगरसभामा नगर प्रमुख रणबहादुर राइले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
स्थानीय तहको योजन तर्जुमा दिगदर्शनमा भएको व्यवस्था बमोजिम बैशाखमा नै नीति कार्यक्रम सभामा पेश गरिको छ । यस अघि नीति कार्यक्रम र बजेट एउटै सभामा पेश हुने गरेको थियो । समयमा नीति कार्यक्रम पेश भएपछि नीति अनुसारको बजेट बनाउन सहज नगर प्रमुख राईले जानकारी दिनु भयो ।
सभामा सूर्याेदय नगरपालिकाको उपभोक्ता हित संरक्षण पहिलो संशोधन विधेयक पेश भएको छ । नगर उपप्रमुख दूर्गाकुमार बरालले संशोधन विधेयक सभामा प्रस्तुत गर्नु भएको छ । नगरसभालाई कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेशसभा सदस्य खिनुलङवा लिम्बुले सम्बोधन गर्नु भएको थियो । प्रदेश प्रमुख खापुङले स्थानीय तहलाई बलियो बनाउनु पर्ने बताउनु भयो । उहाले स्थानीय तहमा कानुनी भूमीका प्रस्ट नभए संविधानले लिएको लक्ष्य पूरा गर्न नसकिने पनि बताउनु भयो ।
प्रदेशसभा सदस्य खिनु लङवाले रोङ ,सूर्याेदय र माईजोगमाई गाउँपालिका कुनैपनि पर्यटकीय कोरिडोरमा नपर्ने भएकाले यस क्षेत्रको पर्यटन क्षेत्र प्रभावित हुनसक्ने चिन्ता व्यक्त गर्नु भयो । उहाले पर्यटन विकासको लागि एकीकृत पर्यटन योजना बनाई अन्य पालिका संगै सन्दकपुर क्षेत्रको विकासमा जोड दिनु पर्ने बताउनु भयो । नगरसभाको अर्काे बैठक बैशाख ११ गते बस्नेगरी स्थगित भएको छ ।

TOP