प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सूर्याेदय नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
सूर्याेदय नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

फिक्कल: इलामको सूर्याेदय नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । शुक्रबार शुरू भएको नगरसभाको १३ औं नगरसभामा नगर प्रमुख रणबहादुर राइले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
स्थानीय तहको योजन तर्जुमा दिगदर्शनमा भएको व्यवस्था बमोजिम बैशाखमा नै नीति कार्यक्रम सभामा पेश गरिको छ । यस अघि नीति कार्यक्रम र बजेट एउटै सभामा पेश हुने गरेको थियो । समयमा नीति कार्यक्रम पेश भएपछि नीति अनुसारको बजेट बनाउन सहज नगर प्रमुख राईले जानकारी दिनु भयो ।
सभामा सूर्याेदय नगरपालिकाको उपभोक्ता हित संरक्षण पहिलो संशोधन विधेयक पेश भएको छ । नगर उपप्रमुख दूर्गाकुमार बरालले संशोधन विधेयक सभामा प्रस्तुत गर्नु भएको छ । नगरसभालाई कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेशसभा सदस्य खिनुलङवा लिम्बुले सम्बोधन गर्नु भएको थियो । प्रदेश प्रमुख खापुङले स्थानीय तहलाई बलियो बनाउनु पर्ने बताउनु भयो । उहाले स्थानीय तहमा कानुनी भूमीका प्रस्ट नभए संविधानले लिएको लक्ष्य पूरा गर्न नसकिने पनि बताउनु भयो ।
प्रदेशसभा सदस्य खिनु लङवाले रोङ ,सूर्याेदय र माईजोगमाई गाउँपालिका कुनैपनि पर्यटकीय कोरिडोरमा नपर्ने भएकाले यस क्षेत्रको पर्यटन क्षेत्र प्रभावित हुनसक्ने चिन्ता व्यक्त गर्नु भयो । उहाले पर्यटन विकासको लागि एकीकृत पर्यटन योजना बनाई अन्य पालिका संगै सन्दकपुर क्षेत्रको विकासमा जोड दिनु पर्ने बताउनु भयो । नगरसभाको अर्काे बैठक बैशाख ११ गते बस्नेगरी स्थगित भएको छ ।

TOP