कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

गाउँ-गाउँमा बिरामी खोज्दै रोङ गाउँपालिका

  • प्रकाशित मितिः November 8, 2025
  • हाम्रो पालिका
गाउँ-गाउँमा बिरामी खोज्दै रोङ गाउँपालिका

गोबिन्द पौडेल ,रोङ:


स्वास्थ्यको पहुँचमा पुग्न नसकेका गाउँगाउँका नागरिकको लागि रोङ गाउँपालिका रोगीको खोजिमा निरन्तर लागेको छ ।
रोङ गाउँपालिका स्वास्थ्य शाखाको प्रयासमा गाउँपालिकाका महिलाको पाठेघर र स्तन क्यान्सरको परिक्षण ( भिआईए ) जाँच गरी रोगको पहिचान,परामर्श र उपचारको कार्यमा निरन्तर लागिरहेको प्रमुख प्रशाशकी अधिकृत दिपेन्द्र दहालले बताउनु भयो ।
गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक कार्ययोजना अनुसार चालु बर्षमा गाउँपालिका भित्र बिभिन्न ९ स्थानमा परीक्षण गरिने योजना अनुसार हालसम्म रोङ १ र २ मा सयुक्त शिविर सचालन गरि ३ सय ५० ,रोङ ५ मा ८७ ,रोङ ३ को कोल्वुङमा ८८ र रोङ ६ को रम्भ्याङमा १ सय १० जनागरी कुल ६ सय ३५ जना महिलाको परीक्षण गरिसकिएको छ ।
जिर्मले,सलकपुर बरफल्याङ ,भालुझोडा र धनशारमा शिबिर सचालन गरिने योजना रहेको स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताउनु भयो । शिविरमा डाक्टर रामकृष्ण आचार्य ,बिकाश गजमेर,ममता दियाली,सबिना अर्याल लगायतको स्वास्थ्यकर्मीको टिमले सेवा दिएका थिए ।
शिबिरमा पहिचान भएका रोगिलाई लगातार फलोअप गरी रोगीको अवस्था हेरी परामर्ष र उपचारको लागि सुबिधा सम्पन्न अस्पताल सम्म रेफरको ब्यवस्ता गरिने शाखा प्रमुख काफ्लेले जानकारी दिनु भयो ।यसरी गाउँमै आएर स्वास्थ्य सेवा दिदा र नागरिकले सहज सेवा पाएकोमा स्थानीय सरकारको अनुभूति भएको स्थानीय खगा प्रधानले बताउनु भयो ।

TOP