जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

गाउँ-गाउँमा बिरामी खोज्दै रोङ गाउँपालिका

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
गाउँ-गाउँमा बिरामी खोज्दै रोङ गाउँपालिका

गोबिन्द पौडेल ,रोङ:


स्वास्थ्यको पहुँचमा पुग्न नसकेका गाउँगाउँका नागरिकको लागि रोङ गाउँपालिका रोगीको खोजिमा निरन्तर लागेको छ ।
रोङ गाउँपालिका स्वास्थ्य शाखाको प्रयासमा गाउँपालिकाका महिलाको पाठेघर र स्तन क्यान्सरको परिक्षण ( भिआईए ) जाँच गरी रोगको पहिचान,परामर्श र उपचारको कार्यमा निरन्तर लागिरहेको प्रमुख प्रशाशकी अधिकृत दिपेन्द्र दहालले बताउनु भयो ।
गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक कार्ययोजना अनुसार चालु बर्षमा गाउँपालिका भित्र बिभिन्न ९ स्थानमा परीक्षण गरिने योजना अनुसार हालसम्म रोङ १ र २ मा सयुक्त शिविर सचालन गरि ३ सय ५० ,रोङ ५ मा ८७ ,रोङ ३ को कोल्वुङमा ८८ र रोङ ६ को रम्भ्याङमा १ सय १० जनागरी कुल ६ सय ३५ जना महिलाको परीक्षण गरिसकिएको छ ।
जिर्मले,सलकपुर बरफल्याङ ,भालुझोडा र धनशारमा शिबिर सचालन गरिने योजना रहेको स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताउनु भयो । शिविरमा डाक्टर रामकृष्ण आचार्य ,बिकाश गजमेर,ममता दियाली,सबिना अर्याल लगायतको स्वास्थ्यकर्मीको टिमले सेवा दिएका थिए ।
शिबिरमा पहिचान भएका रोगिलाई लगातार फलोअप गरी रोगीको अवस्था हेरी परामर्ष र उपचारको लागि सुबिधा सम्पन्न अस्पताल सम्म रेफरको ब्यवस्ता गरिने शाखा प्रमुख काफ्लेले जानकारी दिनु भयो ।यसरी गाउँमै आएर स्वास्थ्य सेवा दिदा र नागरिकले सहज सेवा पाएकोमा स्थानीय सरकारको अनुभूति भएको स्थानीय खगा प्रधानले बताउनु भयो ।

TOP