सन्दकपुर महोत्सवको औपचारिक उद्घाटन आज हुँदै – Hamropalika
प्रदेश वैशाख १५ मा हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनको तयारी तीव्र प्रदेश आचारसंहिता विपरित इलाममा दुर्गा प्रसाईंको ‘नो भोट’ अभियान पर्यटन इलामको फिक्कलमा २ दिने सडक महोत्सव शुरु पालिका विशेष ‘इलम इलाम’ अवधारणसहित कांग्रेस उम्मेदवार खड्काका यी हुन् ८ मुद्दा जीवनशैली इलामको फिक्कलमा बैशाख ३ र ४ गते सडक महोत्सव हुने अर्थ वाणिज्य इलामको फिक्कलमा बैशाख ३ र ४ गते सडक महोत्सव हुने अर्थ वाणिज्य सूर्योदयका १ सय ९६ जना किसानलाई काउ म्याट बितरण Uncategorized सूर्योदयका १ सय ९६ जना किसानलाइ काउ म्याट बितरण अर्थ वाणिज्य अन्तु महोत्सव आजबाट शुरु अर्थ वाणिज्य रोङको हाँसपोखरीमा आजबाट पर्यटन तथा कृषि महोत्सव शुरु हुदै
Hamropalika menu advertisement

सन्दकपुर महोत्सवको औपचारिक उद्घाटन आज हुँदै

  • प्रकाशित मितिः April 19, 2024
  • hamro_palika

सन्दकपुर : इलामको पर्यटकीय गाउँपालिका सन्दकपुरमा आयोजित प्रथम सन्दकपूर महोत्सवको औपचारिक अद्घाटन आज हुँदैछ । अनौपचारिक रुपमा गत चैत्र २४ बाट शुरु भएको प्रथम सन्दकपुर महोत्सवको कोशि प्रदेशका प्रमुख परसुराम खापुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । बैशाख ५ बाट १० गतेसम्म आयोजना हुने औपचारिक कार्यक्रमलाई सफल बनाउन सन्दकपुरबासी, जनप्रतिनिधि र कर्मचारीहरु एकजुट भएका छन् ।

अहिले औपचारिक कार्यक्रम गरिने सहिद सातखाण्डे फुटबल मैदानमा स्टल निर्माणको पुरा भएको छ । पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको भोली बिहान १२ बजेबाट उद्घाटन हुने प्रथम सन्दकपुर महोत्सव मुल आयोजक समितिका अध्यक्ष जिवन सिवाले बताए । गाउँपालिका भित्रका पर्यटकीयस्थलहरुको जानकारीमुलक फोटोबुकको पनि सार्वजनीक गर्ने उद्घाटन कार्यक्रममा रहेको छ ।

संघीय सरकारले कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य घोषित सन्दकपुर डाँडा, घुम्नैपर्ने सय पर्यटकीयस्थलमा घोषित माइपोखरी लगायत दर्जनौ पर्यटकीस्थलल रहेको सन्दकपुरको समग्र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।
प्रथम पटक आयोजना भएको महोत्सवबाट पालिकाको एकिकृत पर्यटन विकासको थालनी हो अध्यक्ष गुरुङ्गले भने–हामी कृषि उत्पादन बढाई यहाँ आउने पर्यटकहरुलाई आफ्नै उत्पादनको स्वादमा रमाउने र अर्थतन्त्र विकास गर्ने योजना बनाएका छौँ । गाउँपालिकाले अर्थतन्त्रको आधार कृषि र पर्यटनबाट विकास गर्ने लक्ष्य लिएकाले हाम्रो बढी ध्यान कृषि उत्पादन र पर्यटक भित्र्याउने योजनावद्ध विकास आगामि दिनमा हुने उपाध्यक्ष हरि लुङ्गेलीले बताए । हाम्रो अर्थतन्त्रको आधार कृषि पछि पर्यटनलाई रोजेकाले अब हामी आगामि बजेटबाट त्यहि अनुसार बजेट विनियोजन गर्ने योजना बनाएका छौँ उनले भने ।

महोत्सवमा कृषि उपज, दूग्ध परिकार, जातिय सस्कृति, स्थानीय परिकार र पर्यटकीयस्थलको प्रचारका लागि प्रवद्र्धनात्मक ६१ वटा स्टलको व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । संघीय सरकारबाट २०७६ सालमा एक प्रदेश एक सास्कृतिक ग्राममा घोषित भई पर्यटन पूर्वाधारका काम हुँदै आएका सन्दकपृर गाउँपालिकामा पर्यटनका माध्यमबाट बढी भन्दा बढी स्थानीय बजारहरुलाई चलायमान गरि अर्थतन्त्रको विकास गर्न प्रचारप्रसारको रुपमा महोत्सव आयोजना गरिएको उनले बताए ।

कोरोनामा माहामारीका कारण देशको पर्यटन व्यवसाय ठप्प भएको अवस्थामा त्यसलाई पुनः चलायमान गर्न र गाउँपालिकाभित्रकै नागरिकलाई पर्यटन पदयात्रा गर्नसँगै भ्रमणको सस्कृति विकास गर्न महोत्सवको आयोजना भएको प्रमुख प्रशासकिय अधिकृत महेश राईको भनाइ छ । सन्दकपुर महोत्सवमा आउने पर्यटकहरुका लागि पालिकाको मुख्य प्रशासकिय केन्द्र देउराली बजार, माईपोखरी आसपास क्षेत्रका होटल होमस्टेमा खाने बस्नेको व्यवस्था मिलाइएको आयोजक समितिका सचिव रुपेन नेम्बाङले बताए ।

सन्दकपुरको गाउँपालिकाको परिचय

नेपालको सुदुरपुर्वी जिल्ला इलाम, कोशी प्रदेशको १४ जिल्लामध्ये महाभारत पर्वतको बदनमा रहेको सुन्दर हरियाली गाउँपालिका हो सन्दकपुर। राज्यको पुनःसंरचनाले इलाम जिल्लालाई १० स्थानीय तहमा विभाजित गरेको छ । इलामको ४ नगरपालिका र ६ गाउँपालिकामध्ये सन्दकपुर गाउँपालिका पर्यटनको दृष्टिले सबैभन्दा अब्बल र उत्कृष्ट प्राकृतिक गन्तव्य स्थल हो ।
दक्षिणमा माईटारबेसीदेखि उत्तरमा हिउँ तुसारो जम्ने सन्दकपुरको चुचुरोसम्म पूर्वमा आलेभञ्ज्या∙ देखि पश्चिममा थाक्लेभञ्ज्या∙ सम्मको चार सीमानाभित्र समेटिएको प्राकृतिक भु–बनोट, वहुमुल्य जडिबुटी दुलर्भ वन्यजन्तु, जैविक विविधताले सम्पन्न, विभिन्न जातजातिको फरक फरक भाषा सँस्कृति लोभैलाग्दो रहनसहन रितिरिवाज,मनोरम प्राकृतिक छटा र कृषिमा आधारित लगनशील जीवनशैलीले सन्दकपुर गाउँपालिका साच्चिकै सिंगारिएको छ ।
समुन्द्र सतहबाट ९ सय देखि तीन हजार ६ सय ३६ मिटर उचाईसम्म फैलिएको सन्दकपुर गाउँपालिकाको नामकरण विश्वमै प्रख्यात पर्यटकीय स्थल सन्दकपुर डाँडाबाट राखिएको हो । प्राचीन शासक लेप्चा जातिको भाषा ‘सन्दक्फु” नामबाट अपभ्रम्स भई सन्दकपुर नामाकरण भएको हो । लेप्चा भाषामा सन्दक्फुको अर्थ यहाँ पाईने बहुमुल्य जडिबुटी बिख्मा भन्ने बुझिन्छ ।
भारतीय पर्यटन नक्साको उत्कृष्ट १ नम्बरमा राखिएको सन्दकपुर, सन्दक्फु नामले पनि प्रख्यात छ । प्राकृतिक रमणियता साँस्कृतिक विविधता, भौगोलिक विषमतायूक्त हावापानी र विविध जातिय संस्कृति हेर्न वर्षेने हजारौ पर्यटक सन्दकपुर गाउँपालिका क्षेत्रका विभिन्न पर्यटकीय स्थलहरुमा आउने गरेका छन् ।
सिंहलिला र महाभारत पर्वतश्रृंखलाबाट उत्पन्न पवित्र माई नदी र दर्जनौ नदीनाला, विश्व सम्पदा सुचिमा सुचिकृत माईपोखरी रामसार क्षेत्र, अन्य सिमसार क्षेत्र, रेडपाण्डा, ठकठके, गलैंचे झ्याउ जस्ता लोपोन्मुख थुप्रै वन्यजन्त र वनस्पति, वनजंगलभरी हुलका हुल चराका बथान,क्षितिज भरिका हिमश्रङ्खला, तालतलैया, झरना, छाँगा छहरा र यहाँका पौरखि किसानहरुले गरेका कृषि उत्पादन तथा पशुपालन व्यवसाय सन्दकपुर गाउँपालिको आकर्षणका केन्द्र हुन् ।
टावर झै ठडिएका अग्ला डाँडा र थुम्का थुम्कीबाट देखिने सुर्योदय र सुर्यास्तको अलौकिक दृश्य लोपउन्मुख वन्यजन्तु रेडपाण्डा ९हाब्रे०, गाउँपिच्छे भेटिने पुराना गुम्बा मठमन्दिर तथा ढु∙ाका देविस्थान लगायतका धार्मिक तथा ऐतिहासिक साँस्कृतिक सम्पदाहरु सन्दकपुर गाउँपालिकाको पर्यटनको थप आकर्षणहरु हुन् ।स्थानीय संस्कृति र परिकारको स्वादमा रमाउँदै हिउँसँगै सधैँभरी खेलिरहुँ झै मनै लोम्याउने दर्जनौ सुन्दर हिमालहरु, निश्चल पानी भित्रै डुबुल्कि मारिरहौँ झै सजिएका दर्जर्नौ प्राकृतिक पोखरीहरु, अग्लाअग्ला सुन्दर हरियाली डाँडाहरुमा बादलुको घुम्टोभित्र लुकामारि खेल्दै, हावासँग सुसेलिदैँ, वन्यजन्तु र चराहरुको चिरबिर आवाजमा रम्न तपाईपनि सन्दकपुर गाउँबासिको आत्मिय सत्कार र अनुपम प्रकृतिमा लुटपुटिन आउनुहोस् । हामी तपाईको स्वागत गर्न आतुर छौं । लोकल सन्देश

TOP