जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामका स्थानीय तह मध्ये सूर्योदयको बेरुजु कम

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामका स्थानीय तह मध्ये सूर्योदयको बेरुजु कम

फिक्कल: इलामका १० स्थानीय तह मध्ये सूर्योदय नगरपालिकामा सबै भन्दा कम बेरुजु भएको छ ।महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुासर आर्थिक बर्ष २०७८/७९ सूर्योदयमा १ दशमलब ०९ प्रतिशत मात्र बेरुजु रहेको छ । यो नै इलामका १० पालिका मध्येको सबैभन्दा कम बेरुजु हो ।
सूर्योदय नगरपालिकामा आर्थिक बर्ष २०७७/७८ मा १ दशमलब ७४ प्रतिशत बेरुजु थियो । बेरुजु कम हुँदै जानु उपलब्धि मूलक काम भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले बताउनु भयो । ‘नगरपालिकामा सुशासनको प्रत्याभूति हुने गरी कार्यसम्पादन भैरहेको यहि प्रतिवेदनले पुष्टि गर्छ’ नगर प्रमुख राईले भन्नु भयो ।
सूर्योदय नगरपालिकालाई प्रविधिमैत्री नगरपालिका बनाईएको छ । सबै आर्थिक कारोबार अनलाईन मार्फत गरिदै आएको नगरपालिका यस अघि नै आर्थिक बिकास तर्फ देशकै पहिलो भैसकेको छ ।

४ नगरपालिका र ६ गाउँपालिका रहेको इलामको सन्दकपुर गाउँपालिकामा सबै भन्दा बढी ५ दशमलब ६७ प्रतिशत बेरुजु देखाएको छ । दोस्रो बढी बेरुजु हुनेमा रोङ गाउँपालिका ३ दशमलब ६१ प्रतिशत र तेस्रोमा फाकफोकथुम गाउँपालिका ३ दशमलब ०५ प्रतिशत बेरुजु रहेको छ ।
सूर्योदय नगरपालिकाका प्रमुश प्रशासकीय अधिकृत मिलन भट्टराईले बेरुजु शून्यमा झाने लक्ष्यनगरको रहेको बताउनु भयो । उहाले बेरुजु घटाउदै जानका लागि जनप्रतिनिधि र कर्मचारीले अझ बढी ध्यान दिनु पर्ने बताउनु भयो ।
नगरका आन्तरिक लेखा परिक्षण अधिकृत प्रदिप चापाँगाईले आर्थिक नियमको पालनमा ध्यान सके बेरुजु शुन्यमा झान सकिने बताउनु भयो । उहाले भन्नु भयो ‘ अनावश्य खर्च कम गर्दै आलेपका सुझावलाई पालन गर्न सके बेरुजु आफै कम हुँदै जान्छ ।’
इलामका १० पालिकामा १ अर्व ८९ करोड ५८ लाख ४ हजार १ सय ५८ रुपियाँको लेखा परिक्षण गर्दा ७३ लाख ५९ हजार ७ सय ३३ रुपियाँ बराबरको ३ दशमलब ८८ प्रतिशत बेरुजु आएको छ । समग्रमा इलामका सबै स्थानीय पालिकामा बेरुजु कम हुँदै गएको पाइृएको छ ।

TOP