जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

फिक्कलमा ‘सूर्योदय सडक महोत्सव’ शुरु

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
फिक्कलमा ‘सूर्योदय सडक महोत्सव’ शुरु

फिक्कल: इलामको फिक्कलमा चौथोे ‘सूर्योदय सडक महोत्सव’ शुरु भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नयाँ बर्ष २०८० को अवसरमा आयोजना गरीएको सडक महोत्सव आईतबारबाट शुरु भएको हो । सूर्योदय होटल व्यवसायी संघ , आयाम युनाइटेड क्लब फिक्कल र सूर्योदय जेसीजको संयुक्त आयोजनामा संचालित महोत्सव दुई दिन सम्म चल्ने छ ।
महोत्सवमा उद्घाटन कोशी प्रदेश सभा सदस्य खगेश्वरी पौडेल अधिकारीले गर्नु भयो । उहाले महोत्सव उद्घाटन गर्दै स्थानीय क्षेत्रको पर्यटन प्रर्वधन गर्न सबै लाग्नु पर्ने बताउनु भयो । महोत्सव आयोजक समितिका अध्यक्ष अभिषेक श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख चित्रकाला बराईली, होटल एसोसीएस कोशी प्रदेश सह कोषध्यक्ष राजन प्रधान वडा नं ९ का वडाध्यक्ष देवेन्द्र आचार्य ,१० नं. का वडाध्यक्ष पेमा उगेन लामा ,सूर्योदय होटल ब्यवसायी संघका सचिव युवराज प्रधान लगायतले मन्तब्य राख्नु भएको थियो ।

सडक महोत्सवमा स्थानीय खानाका परिकार र इलामका कृषि उपज सहितका ४० वटा स्टल रहेका छन् । महोत्सवमा धनकुटामा उत्पादन गरीएका काठका सामग्री र ढाकाका कपडा बिशेष रुपमा राखीएको छ भने फुलका स्टल समेत महोत्सवमा राखिएको छ । महोत्सव सम्पन्न गर्दा ४० लाख खर्च हुँने आयोजकले जानकारी दिएको छ ।
आयोजक मुल समारोह समितिका अध्यक्ष अभिषेक श्रेष्ठले चौथो सूर्योदय सडक महोत्सवले सूर्योदयको मात्र नभई इलामको पर्यटन प्रर्वधन गर्न सकिने बताउनु भयो । एक लाख बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य लिइएको उक्त महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सव, सूर्योदय नगरपालिका नवप्रवर्तन साझेदारी कोष , कन्याम प्यारा ग्लाईडिङ , सूर्योदय एड्भेन्चर लगायतले सहयोग गरेका छन ।
आयोजक समितिका सचिव अभिषेक प्रताप पौडेलका अनुसार महोत्सव शुरु हुनु अघि कन्यामबाट फिक्कल सम्म महोत्सवको प्रचार गर्न युवाले मोटरसाईकल र साईकल र्याली गरेका थिए । कार्यक्रममा कलाकारहरु अस्मिता अधिकारी , सविन राई , समिक्षा दाहाल , लिर्जड ब्याण्ड लगायतको सांगीतिक प्रस्तुती रहने छ ।

TOP