जीवनशैली रोङ गाउँपालिकामा पूर्ण अपांगता भएका ब्यक्ति र बिपन्न सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा पालिका विशेष दल त्यागेका माङसेबुङ उपाध्यक्ष नेम्बाङ र सन्दकपुर ४ वडाध्यक्ष गुरुङको पद गयो जीवनशैली नेपालको अस्तित्व,राष्ट्रियता र मौलिक पहिचानका लागि ‘हर्कवाद’ अध्यक्ष साम्पाङ जीवनशैली फिक्कलमा हाउजीबाट १६ लाख बचत, खेल मैदान निर्माणले गति लिने जीवनशैली झापामा मोटरसाईकल दुर्घटना हुदा इलामकी युवतीको मृत्यु पालिका विशेष इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा शुरु जीवनशैली श्रम संस्कृति पार्टीको स्थापना दिवसःनयाँबजारमा सरसफाई कार्यक्रम अर्थ वाणिज्य फिक्कल र इलाममा संचालित  हाउजी खेल पुनः संचालन गर्न स्थानीयको माग ,६५ वर्ष पुरानो परम्परा संरक्षण गरिनु पर्ने खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न
Hamropalika menu advertisement

सूर्योदयमा आर्थिक बर्ष २०८०/८१ को नीति कार्यक्रम माथी सरोकारवाला संग छलफल

  • प्रकाशित मितिः November 27, 2026
  • हाम्रो पालिका
सूर्योदयमा आर्थिक बर्ष २०८०/८१ को नीति कार्यक्रम माथी सरोकारवाला संग छलफल

फिक्कल: सूर्योदय नगरपालिकामा आगामी आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम माथी सरोकारवाला संग छलफल भएको छ ।बिहीबार नगरले स्थानीय सरोकारवाला संग आगामी आर्थिक बर्षको नीति कार्यक्रम माथी समुहगत रुपमा छलफल गरेको हो । छलफलमा आएका बिषयलाई नगरसाभामा राखीने नगरले जनाएको छ ।
सूर्योदय नगरपालिका आर्थिक बिकास समितिका संयोजक देवेन्द्र शर्माको अध्यक्षता तथा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न छलफलमा जनप्रतिनिधि, कर्मचारी, बिभिन्न क्षेत्रका सरोकारवाला लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा नगरको पर्यटन, सहकारी , उद्योग ब्यपार, कृषि , पशु श्रम रोजगार जस्ता सात वटा बिषयमा समुहगत रुपमा छलफल भएको थियो । आर्थिक सबकास समिति संयोजक शर्माले छलफलमा आएका सवालहरु नगरको नीति कार्यक्रममा समावेस गरीने जानकारी दिनु भयो ।
छलफलका क्रममा सहभागीले कृषि लगायत सबै क्षेत्रको तंथ्याक नगरमा राख्नु पर्ने, कृषि अनुदान सहित ठाउँमा पुग्नु पर्ने , बाझो जमिनलाई कृषि योग्य बनाईनु पर्ने लगायतका सुझाव दिएका थिए । कार्यक्रममा किसान मोहन लाप्चाले कृषि अनुदानका कार्यक्रम सहित किसानकोमा नपुग्ने र पहुँचवालाकामा पुग्ने भएकाले कटौती गर्नु पर्ने माग राख्नु भयो । कार्यक्रममा संचारकर्मी तथा पर्यटनका जानकार केदार शर्माले सूर्योदयको कृषि उपजलाई बंगलादेश निर्यातका लागि पहल गर्नु पर्ने बताउनु भयो । उहाले बजारीकरणको समस्या समाधान गर्न सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।
सम्बन्धित क्षेत्रका ब्यक्तिले समुहगत रुपमा छलफल गरी नीति तथा कार्यक्रममा समाबेस गर्नु पर्ने बिषयो नगरलाई सुझाव दिएका छन् । कार्यक्रममा नगर प्रमुख रणबहादुर राई , उप प्रमुख दुर्गाकुमार बराल , प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, महिला बालबालिका शाखा प्रमुख तारा शेर्पा , कृषि शाखा प्रमुख अस्मिता गदाल , रोजगार शाखा प्रमुख बिष्णु रिजाल , पशु शाखा प्रमुख बिपिन कुमार सिंह लगायतको सहभागीता रहेको थियो ।

TOP