नयाँ वर्षको अवसरमा फिक्कलमा ‘सूर्योदय सडक महोत्सव’ हुने – Hamropalika
पर्यटन कन्याममा बिज्ञान र ग्रणित प्रदर्शनी तथा प्रतियोगिता पालिका विशेष शंकर आधारभूत बिद्यालयको ६१ औं बार्षिक उत्सब सम्पन्न पर्यटन इलामका बिद्यालयमा पर्यटन क्लब गठन पालिका विशेष बिज्ञान तथा गािणत प्रदर्शनी सम्बन्धि सूचना प्रदेश १ मेची राजमार्गमा प्रहरीको स्कटिङमा यातायत सुचारु अर्थ वाणिज्य कोशी प्रदेशबाट अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात अर्थ वाणिज्य मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण पालिका विशेष लागुऔषध सहित माई नगरपालिकाबाट एक जना पक्राउ पालिका विशेष बिद्यार्थीलाई ब्रस र पेष्ट बाढ्दै सूर्योदयका नगर प्रमुख राई अर्थ वाणिज्य गजुरमुखी धार्मिक मेलामा दर्शनार्थीको घुँइचो
Hamropalika menu advertisement

नयाँ वर्षको अवसरमा फिक्कलमा ‘सूर्योदय सडक महोत्सव’ हुने

  • प्रकाशित मितिः December 1, 2023
  • hamro_palika


फिक्कल: नयाँ वर्षको अवसरमा आगामी वैशाख ३ र ४ गते इलामको फिक्कलमा चौथोे ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सूर्योदय होटल व्यवसायी संघ , आयाम युनाइटेड क्लब फिक्कल र सूर्योदय जेसीजको संयुक्त आयोजनामा नयाँ वर्षको अवसरमा आगामी बैशाख ३ र ४ गते सडक महोत्सवको आयोजना गरिने भएको हो। सडक महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
सडक महोत्सवमा स्थानीय खानाका परिकार र इलामका कृषि उपज सहितका ४० वटा स्टल रहनेछन्। महोत्सव सम्पन्न गर्दा ४० लाख खर्च हुँने आयोजकले जानकारी दिएको छ । महोत्सवमा विभिन्न ब्यान्डसहितका कलाकारको प्रस्तुति रहने आयोजक मुल समारोह आयोजक समितिका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिनु भयो । उहाका अनुसार महोत्सवमा नेवारी, राई र लिम्बू जातिका स्थानीय खानाका परिकार पर्यटकलाई चखाइनेछ। उहाले भन्नु भयो‘पछिल्लो समय आर्थिक मन्दिका कारण पर्यटन सुस्ताएको बेला महोत्सवले सस्किएको पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने छ ।’एक लाख बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य लिइएको उक्त महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
टुबोर्गको मुख्य प्रायोजन रहेको महोत्सवमा सम्पन्न हुने महोत्सवमा , सूर्योदय नगरपालिका नवप्रवर्तन साझेदारी कोष , कन्याम प्यारा ग्लाईडिङ , सूर्योदय एड्भेन्चर , ८८४८ र बिग मास्टरको सह प्रायोजनमा सम्पन्न हुँने छ । महोत्सवमा स्थानीय कोसेलीका स्टल रहनेछन्। महोत्सव सम्पन्न गर्न स्थानीय ब्यवसायीले समेत सहयोग गरेका छन । मुल समारोह आयोजक समितिका सचिव अभिषेक प्रताप पौडेलले महोत्सवले सूर्योदयको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनु भयो । महोत्सव संचालन गर्नका लागि अहिले धमाधम स्टल निर्माण गर्ने काम भैरहेको छ ।
कार्यक्रममा सविन राई , अस्मिता अधिकारी , समिक्षा दाहाल , लिर्जड ब्याण्ड लगायतले सांगीतिक प्रस्तुती दिईने छन् ।

TOP