प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

नयाँ वर्षको अवसरमा फिक्कलमा ‘सूर्योदय सडक महोत्सव’ हुने

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
नयाँ वर्षको अवसरमा फिक्कलमा     ‘सूर्योदय सडक महोत्सव’ हुने


फिक्कल: नयाँ वर्षको अवसरमा आगामी वैशाख ३ र ४ गते इलामको फिक्कलमा चौथोे ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सूर्योदय होटल व्यवसायी संघ , आयाम युनाइटेड क्लब फिक्कल र सूर्योदय जेसीजको संयुक्त आयोजनामा नयाँ वर्षको अवसरमा आगामी बैशाख ३ र ४ गते सडक महोत्सवको आयोजना गरिने भएको हो। सडक महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
सडक महोत्सवमा स्थानीय खानाका परिकार र इलामका कृषि उपज सहितका ४० वटा स्टल रहनेछन्। महोत्सव सम्पन्न गर्दा ४० लाख खर्च हुँने आयोजकले जानकारी दिएको छ । महोत्सवमा विभिन्न ब्यान्डसहितका कलाकारको प्रस्तुति रहने आयोजक मुल समारोह आयोजक समितिका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिनु भयो । उहाका अनुसार महोत्सवमा नेवारी, राई र लिम्बू जातिका स्थानीय खानाका परिकार पर्यटकलाई चखाइनेछ। उहाले भन्नु भयो‘पछिल्लो समय आर्थिक मन्दिका कारण पर्यटन सुस्ताएको बेला महोत्सवले सस्किएको पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने छ ।’एक लाख बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य लिइएको उक्त महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
टुबोर्गको मुख्य प्रायोजन रहेको महोत्सवमा सम्पन्न हुने महोत्सवमा , सूर्योदय नगरपालिका नवप्रवर्तन साझेदारी कोष , कन्याम प्यारा ग्लाईडिङ , सूर्योदय एड्भेन्चर , ८८४८ र बिग मास्टरको सह प्रायोजनमा सम्पन्न हुँने छ । महोत्सवमा स्थानीय कोसेलीका स्टल रहनेछन्। महोत्सव सम्पन्न गर्न स्थानीय ब्यवसायीले समेत सहयोग गरेका छन । मुल समारोह आयोजक समितिका सचिव अभिषेक प्रताप पौडेलले महोत्सवले सूर्योदयको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनु भयो । महोत्सव संचालन गर्नका लागि अहिले धमाधम स्टल निर्माण गर्ने काम भैरहेको छ ।
कार्यक्रममा सविन राई , अस्मिता अधिकारी , समिक्षा दाहाल , लिर्जड ब्याण्ड लगायतले सांगीतिक प्रस्तुती दिईने छन् ।

TOP