पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

इलाम जिल्ला भरका पशुमा लम्पी स्किन सङ्क्रमण फैलिदै

  • प्रकाशित मितिः August 19, 2026
  • हाम्रो पालिका
इलाम जिल्ला भरका पशुमा लम्पी स्किन सङ्क्रमण फैलिदै

फिक्क्ल: इलाम जिल्लाका विभिन्न स्थानमा पशुमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिएको छ । केहि दिन देखि जिल्लाको रोङ गाउँपालिका सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका, इलाम नगरपालिका , सन्दकपुर गाउँपालिका सहित जिल्ला भरका किसानले पालेका पशुमा फैलिएको हो ।
गाई, बाख्रा तथा भैसीमा यो रोग देखा परेको पाईएको छ । बिषेश गरी इलाममा गाईमा उक्त रोग धेरै मात्रामा देखिएको छ । लम्पी स्किन रोग व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको फर्ममा समेत देखिएको छ । रोङ गाउँपालिकाको ६ वटै वडामा लम्पी स्किन रोग फैलिएका पशुको गाउँपालिकाले उपचार गरीरहेको गाउँपालिकाका पशु शाखा प्रमुख मिङ्मा रिन्जी शेर्पाले जानकारी दिनु भयो । उहाका अनुसार एकै पटक ठूलो संख्यामा पशुमा उक्त रोग देखिए पछि गाउँपालिकाले गाउँ गाउँ गएर पशुको उपचार गरेको छ ।
यस्तै सूर्योदय नगरपालिकाका १४ वटै वडामा उक्त रोगको संक्रमण अधिकांश पशुमा देखिए पछि नगरपालिकाले निशुलक औषधी बितरण गरीरहेको छ । पशु शाखा प्रमुख बिपिन कुमार सिंहले सबै ठाउँका पशुमा रोग देखिए पछि शाखाले पशुको उपचार संगै सबै वडाबाट निशुल्क औषधी बितरण शुरु गरेको छ ।
शाखा प्रमुख सिंहका अनुसार हावाबाट पशुमा सर्ने उक्त रोगले पशुलाई एक साता देखि १५ दिन सम्म सताउने गरेको छ । सिंहले भन्नु भयो ‘यो रोग फैलन नदिन पशुको गोठको सरसफाईमा किसानले ध्यान दिनु पर्छ , अन्य बिकल्प छैन ।’
बंगलादेशबाट भारत हुँदै आएको भाईरस जन्य उक्त रोग लागेपछि पशुमो शरिरमा ढुसी जन्य खाटा बस्ने, उच्च ज्वरो आउने खुट्टा सुन्निने ,खान छोड्ने र दुध सुक्दै जाने जस्ता लक्षण देखिने गरेका छन । पशु चिकित्सकका अनुसार उक्त रोगबाट पशुको मृत्यु भने कमै मात्र हुँने गरेको छ । दूध उत्पादनमा ५० प्रतिशत बढी असर पार्ने र रोग लागेको समयको दुध सेवन गर्न नमिल्ने रोङका स्वास्थ्य शाखा प्रमुख शेर्पाले जानकारी दिनु भयो ।
जिल्लाको माईजोगमा , सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका किसानले पालेका पशुमा समेत उक्त रोग देखिएको छ । पशुमा रोग देखिए पछि यी पालिकाले समेत पशु उपचार गर्दै आएका छन ।
यो रोग लागेपछि पशुलाई सार्वजनिक स्थलमा चरणका लागि लैजान नहुने, अन्य पशुको सम्पर्कमा जान नदिने, गोठ सरसफाइ गर्ने काम गरेपछि यसको नियन्त्रण हुन सक्ने पशु चिकित्सकले जानकारी दिएका छन् ।

TOP