जीवनशैली सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने अर्थ वाणिज्य रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै अर्थ वाणिज्य पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात कला / मनोरञ्जन ‘किम्फ’ फिल्ममा रम्दै इलामेली अर्थ वाणिज्य इलामको माइजोगमाई गाउँपालिकाको माईबेनीमा प्रतियोगितात्मक कृषि प्रदर्शनी खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित
Hamropalika menu advertisement

इलाम जिल्ला भरका पशुमा लम्पी स्किन सङ्क्रमण फैलिदै

  • प्रकाशित मितिः January 21, 2025
  • हाम्रो पालिका
इलाम जिल्ला भरका पशुमा लम्पी स्किन सङ्क्रमण फैलिदै
Spread the love

फिक्क्ल: इलाम जिल्लाका विभिन्न स्थानमा पशुमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिएको छ । केहि दिन देखि जिल्लाको रोङ गाउँपालिका सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका, इलाम नगरपालिका , सन्दकपुर गाउँपालिका सहित जिल्ला भरका किसानले पालेका पशुमा फैलिएको हो ।
गाई, बाख्रा तथा भैसीमा यो रोग देखा परेको पाईएको छ । बिषेश गरी इलाममा गाईमा उक्त रोग धेरै मात्रामा देखिएको छ । लम्पी स्किन रोग व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको फर्ममा समेत देखिएको छ । रोङ गाउँपालिकाको ६ वटै वडामा लम्पी स्किन रोग फैलिएका पशुको गाउँपालिकाले उपचार गरीरहेको गाउँपालिकाका पशु शाखा प्रमुख मिङ्मा रिन्जी शेर्पाले जानकारी दिनु भयो । उहाका अनुसार एकै पटक ठूलो संख्यामा पशुमा उक्त रोग देखिए पछि गाउँपालिकाले गाउँ गाउँ गएर पशुको उपचार गरेको छ ।
यस्तै सूर्योदय नगरपालिकाका १४ वटै वडामा उक्त रोगको संक्रमण अधिकांश पशुमा देखिए पछि नगरपालिकाले निशुलक औषधी बितरण गरीरहेको छ । पशु शाखा प्रमुख बिपिन कुमार सिंहले सबै ठाउँका पशुमा रोग देखिए पछि शाखाले पशुको उपचार संगै सबै वडाबाट निशुल्क औषधी बितरण शुरु गरेको छ ।
शाखा प्रमुख सिंहका अनुसार हावाबाट पशुमा सर्ने उक्त रोगले पशुलाई एक साता देखि १५ दिन सम्म सताउने गरेको छ । सिंहले भन्नु भयो ‘यो रोग फैलन नदिन पशुको गोठको सरसफाईमा किसानले ध्यान दिनु पर्छ , अन्य बिकल्प छैन ।’
बंगलादेशबाट भारत हुँदै आएको भाईरस जन्य उक्त रोग लागेपछि पशुमो शरिरमा ढुसी जन्य खाटा बस्ने, उच्च ज्वरो आउने खुट्टा सुन्निने ,खान छोड्ने र दुध सुक्दै जाने जस्ता लक्षण देखिने गरेका छन । पशु चिकित्सकका अनुसार उक्त रोगबाट पशुको मृत्यु भने कमै मात्र हुँने गरेको छ । दूध उत्पादनमा ५० प्रतिशत बढी असर पार्ने र रोग लागेको समयको दुध सेवन गर्न नमिल्ने रोङका स्वास्थ्य शाखा प्रमुख शेर्पाले जानकारी दिनु भयो ।
जिल्लाको माईजोगमा , सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका किसानले पालेका पशुमा समेत उक्त रोग देखिएको छ । पशुमा रोग देखिए पछि यी पालिकाले समेत पशु उपचार गर्दै आएका छन ।
यो रोग लागेपछि पशुलाई सार्वजनिक स्थलमा चरणका लागि लैजान नहुने, अन्य पशुको सम्पर्कमा जान नदिने, गोठ सरसफाइ गर्ने काम गरेपछि यसको नियन्त्रण हुन सक्ने पशु चिकित्सकले जानकारी दिएका छन् ।

TOP