जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको सूर्योदयमा ५० करोडको लागतमा सम्पन्न हुँने आयोजनाको निर्माण कार्य प्रारम्भ

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामको सूर्योदयमा ५० करोडको लागतमा सम्पन्न हुँने आयोजनाको निर्माण कार्य प्रारम्भ

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा ५० करोड लागतमा सम्पन्न हुँने आयोजनाको निर्माण कार्य प्रारम्भ भएको छ । सूर्योदय नगरपालिकाको शहरी विकासको क्षेत्रमा पूर्वाधार निर्माण सहितका काम शुरु भएको हो ।
यी आयोजना सम्पन्न हुँदा नगर क्षेत्रमा ती आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो ।२० महिनाभित्र सम्पन्न गर्ने गरी बिहिबारबाट आयोजनाको निर्माण कार्य प्रारम्भ भएको छ।
आयोजना नगरका ८ वटा बडामा सम्पन्न हुनेछन । नगर प्रमुख राईका अनुसार नगरमा एक नमूना बस्ती , एक कृषि संकलन केन्द्र , सवारी साधन पार्क, पोखरी संरक्षण र आठ किमी कोलोपत्रे सडक निर्माण हुनेछ।
सूर्योदय नगरपालिकाको शहरी विकासको निम्ति नगरपालिकाले थप नवपर्वतनका कार्यक्रमलाई निरन्र्तता दिईने नगर प्रमुख राईले जानकारी दिनु भयो ।आयोजना सहरी सघन कार्यालयको आर्थिक सहयोगमा सम्पन्न गरिने छ ।

TOP