जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

आत्मदाह गर्ने इलामका प्रेम आचार्यको परिवारलाई पाँच लाख आर्थिक सहयोग

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
आत्मदाह गर्ने इलामका प्रेम आचार्यको परिवारलाई पाँच लाख आर्थिक सहयोग

फिक्कल: संसद भवन अगाडी आत्मदाह गर्नु भएका स्वर्गीय प्रेम प्रसाद आचार्यका दुई छोरीको पढाईका लागि बेल्जियममा बसोबास गर्ने नेपालीले संकलन गरी पठाएको पाँच लाख रुपियाँ हस्तान्तरण गरिएको छ ।बिहिबार इलामको सूर्योदय नगरपालिकामा आयोजिक एक कार्यक्रममा ताप्लेजुङ घर भई बेल्जियममा बस्नु हुँने लोकेन्द्र नेपालको अगुवाईमा संकलन गरी पठाईएको पाँच लाख रकम स्वर्गीय आचार्यका छोरी आराध्या र आरोहीलाई प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हस्तान्तरण गर्नु भयो ।
उक्त रकम आराध्या र आरोकीको माछापुच्रे बैंङको खातामा जम्मा गरीएको छ । उक्त रकम स्वर्गीय आचार्यका दुई छोरीको नागरिक्ता बने पछि मात्र झिक्न पाउने ब्यवस्था गरिएको छ । दुई छोरीलाई दुई लाख पचास हजारका दरले रकम उपलब्ध गराईएको छ । कार्यक्रममा स्वर्गीय आचार्यकी श्रीमती नानुका अधिकारी आचार्यको समेत उपस्थिति रहेको थियो ।
रकम हस्तान्तरण गर्दै प्रतिनिधि सभा सदस्य बस्नेतले दुई छोरीको शिक्षामा खर्च गर्ने गरी उक्त सहयोग रकम जुटाईएको जानकारी दिनु भयो । उहाले स्वर्गीय आचार्यले राज्यको नीतिबाट बिरक्तिएर आत्मदाह गरी गरेको बिद्रोहलाई राज्यले सम्बोध गर्नु पर्ने र दुई छोरीको लालनपालन र पढाईको जिम्मा राज्यले लिनु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘अव यी कलिला अनुहारलाई सबै मिलेर गोडमेल गर्दै आकस्मिक घटनाले दिएको यो चोटलाई परिवारले शक्तिमा बदल्नु पर्छ ।’
कार्यक्रममा सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामाले प्रेम आचार्यले स्थानीय उत्पादनलाई बजारीकरणमा जोड्न खोजदा खाएका हण्डर र ठक्कर अन्य ब्यवसाीयले भोग्न नपर्ने गरी राज्य गम्बिर बन्नु पर्ने बताउनु भयो । उहाले स्वर्गीय प्रेम आचार्यले ब्यवसाय गर्ने सबै युवाको अवस्था आचार्यले छताछुल्ल पार्नु भएकाले उहाले उठाएका जायज माग सम्बोधन हुँनु पर्ने बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य बस्नेतको सचिवायले आयोजना गरेको उक्त कार्यक्रममा बेल्जियममा बसोबास गर्ने इलामे सहित अन्य ब्यक्ति संग इलामका युवा ज्ञानु दहालले समन्वय गरी उक्त रकम संकलन गरीएको जानकारी गराईएको थियो । दहालले उक्त रकम स्वर्गीय आचार्यका छोरीको पठनपाठनमा खर्च गर्ने गरी हस्तान्तरण गरिएको जानकारी दिनु भयो । आचार्यले आफुले जे गर्दा पनि राज्य प्रर्णालीका कारण हण्डर मात्र खाएको भन्दै लामो फेसबुक स्टाटसस लेखि केहि महिना अघि संसद भवन अगाडी शरिरमा आगो लगाएर आत्मदाह गर्नु भएको थियो । गोरखापत्र अनलाईनबाट

TOP