आत्मदाह गर्ने इलामका प्रेम आचार्यको परिवारलाई पाँच लाख आर्थिक सहयोग – Hamropalika
जीवनशैली सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण पालिका विशेष सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान अर्थ वाणिज्य इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक खेलकुद नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण पालिका विशेष प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा पालिका विशेष इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन पालिका विशेष इलामको माईमा आगलागिबाट १० लाखको क्षति पालिका विशेष राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने पालिका विशेष इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते पालिका विशेष फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु
Hamropalika menu advertisement

आत्मदाह गर्ने इलामका प्रेम आचार्यको परिवारलाई पाँच लाख आर्थिक सहयोग

  • प्रकाशित मितिः June 1, 2023
  • hamro_palika

फिक्कल: संसद भवन अगाडी आत्मदाह गर्नु भएका स्वर्गीय प्रेम प्रसाद आचार्यका दुई छोरीको पढाईका लागि बेल्जियममा बसोबास गर्ने नेपालीले संकलन गरी पठाएको पाँच लाख रुपियाँ हस्तान्तरण गरिएको छ ।बिहिबार इलामको सूर्योदय नगरपालिकामा आयोजिक एक कार्यक्रममा ताप्लेजुङ घर भई बेल्जियममा बस्नु हुँने लोकेन्द्र नेपालको अगुवाईमा संकलन गरी पठाईएको पाँच लाख रकम स्वर्गीय आचार्यका छोरी आराध्या र आरोहीलाई प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हस्तान्तरण गर्नु भयो ।
उक्त रकम आराध्या र आरोकीको माछापुच्रे बैंङको खातामा जम्मा गरीएको छ । उक्त रकम स्वर्गीय आचार्यका दुई छोरीको नागरिक्ता बने पछि मात्र झिक्न पाउने ब्यवस्था गरिएको छ । दुई छोरीलाई दुई लाख पचास हजारका दरले रकम उपलब्ध गराईएको छ । कार्यक्रममा स्वर्गीय आचार्यकी श्रीमती नानुका अधिकारी आचार्यको समेत उपस्थिति रहेको थियो ।
रकम हस्तान्तरण गर्दै प्रतिनिधि सभा सदस्य बस्नेतले दुई छोरीको शिक्षामा खर्च गर्ने गरी उक्त सहयोग रकम जुटाईएको जानकारी दिनु भयो । उहाले स्वर्गीय आचार्यले राज्यको नीतिबाट बिरक्तिएर आत्मदाह गरी गरेको बिद्रोहलाई राज्यले सम्बोध गर्नु पर्ने र दुई छोरीको लालनपालन र पढाईको जिम्मा राज्यले लिनु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘अव यी कलिला अनुहारलाई सबै मिलेर गोडमेल गर्दै आकस्मिक घटनाले दिएको यो चोटलाई परिवारले शक्तिमा बदल्नु पर्छ ।’
कार्यक्रममा सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामाले प्रेम आचार्यले स्थानीय उत्पादनलाई बजारीकरणमा जोड्न खोजदा खाएका हण्डर र ठक्कर अन्य ब्यवसाीयले भोग्न नपर्ने गरी राज्य गम्बिर बन्नु पर्ने बताउनु भयो । उहाले स्वर्गीय प्रेम आचार्यले ब्यवसाय गर्ने सबै युवाको अवस्था आचार्यले छताछुल्ल पार्नु भएकाले उहाले उठाएका जायज माग सम्बोधन हुँनु पर्ने बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य बस्नेतको सचिवायले आयोजना गरेको उक्त कार्यक्रममा बेल्जियममा बसोबास गर्ने इलामे सहित अन्य ब्यक्ति संग इलामका युवा ज्ञानु दहालले समन्वय गरी उक्त रकम संकलन गरीएको जानकारी गराईएको थियो । दहालले उक्त रकम स्वर्गीय आचार्यका छोरीको पठनपाठनमा खर्च गर्ने गरी हस्तान्तरण गरिएको जानकारी दिनु भयो । आचार्यले आफुले जे गर्दा पनि राज्य प्रर्णालीका कारण हण्डर मात्र खाएको भन्दै लामो फेसबुक स्टाटसस लेखि केहि महिना अघि संसद भवन अगाडी शरिरमा आगो लगाएर आत्मदाह गर्नु भएको थियो । गोरखापत्र अनलाईनबाट

TOP