Hamropalika menu advertisement

इलामका युवा पत्रकार नेपाल पुरस्कृत

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
इलामका युवा पत्रकार नेपाल पुरस्कृत

इलाम: इलामका युवा पत्रकार प्रकाश नेपाल पुरस्कृत भएका छन् । स्व. दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट युवा पत्रकार नेपाल पुरस्कृत भएका हुन ।
लामो समय देखि पत्रकारितामा क्रियाशिल रहेका उनलाई ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सोमबार जुनतारा सामाजिक बिकास केन्द्र इलामले नगद १० हजार रुपैंयाँले पुरस्कृत गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो । पत्रकारिताको माध्यमबाट सामाजिक सहित सहकारी क्षेत्रको उत्थानका लागि विभिन्न संचारमाध्यममा समाचार प्रकाशन,प्रशारण गरि समाजलाई सहकारी समन्धी जनचेतना अबिबृद्धी गराउदै रास्ट्रलाई आर्थिक प्रगतिको मार्गमा अगाडी बढाउन निश्वार्थ रुपले अतुलनीय योगदान पुरयाएको भन्दै नेपालालाई सम्मान गरिएको जुनतारा सामाजिक बिकाश केन्द्रले जनाएको छ ।
इलाम नगरपालिका बडा नं ९ स्थायी घर भएका पत्रकार नेपाल बिगत ८ बर्षदेखि पत्रकारिता गर्दै आएका छन् । मोफसलदेखि राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका नेपालले राष्ट्रियदेखि स्थानीय स्तरमा गरिदै आएको पत्रकारितालाई नजिकबाट नियालेका छन् ।
पत्रकार नेपाल हिमालय टाइम्स राष्ट्रिय दैनिक सहित इमेज टेलिभिजन, हिमशिखर टेलिभिजन, इमेज एफएम,इमेज न्युज एफएम, ,रेडियो हिमशिखर,इमेज खबर डटकममा जिल्ला सम्बादाताको रुपमा काम गरिरहेका छन् । नेपाल इलामट संचालित नयाँ बुलन्द डटकम अनलाइन पत्रिकामा उपसम्पादकको भूमिकामा कार्यरत छन् ।

TOP