जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

अन्तु पोखरीको निषेधित क्षेत्रमा ट्याक्टर कुदाउदा भत्कीएको संरचनाको मर्मत घिमिरेले गर्ने सहमती

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
अन्तु पोखरीको निषेधित क्षेत्रमा ट्याक्टर कुदाउदा भत्कीएको संरचनाको मर्मत घिमिरेले गर्ने सहमती

फिक्कल: सूर्योदय नगरपालिका ४ मा अवस्थित अन्तु पोखरीकोे निशेधित क्षेत्रमा ट्याक्टर चलाउदा भएको क्षती होमस्टे ब्यवसायी एकराज घिमिरेले मर्मत गर्ने लगायतका सहमती भएको छ ।
केहि दिन अघि निषेधित क्षेत्रमा होमस्टे ब्यवसायी घिमिरेले ट्याक्टर कुदाए पछि स्थानीय नागरिक, पर्यटन व्यवसायीले लिखित हस्ताक्षर सहित वडा कार्यालय उजुरी गरेका थिए । सोही उजुरी पछि वडा कार्यालयमा भएको छलफलमा ट्याक्टर चलाउदा भत्कीएको संरचना ब्यवसायी एकराज घिमिरेले आफनै लागनीमा मर्मत गर्ने , उक्त क्षेत्रमा सवारी चलाउन पूर्ण निषेध गर्ने , उक्त क्षेत्रमा बैकल्पिक बाटो बनाउन वडाले पहल गर्ने, पक्राउ गरीएको ट्याक्टर र चावी ट्याक्टर धनी भिम बहादुर कामी हस्तान्तरण गर्ने सहमती पत्रमा हस्ताक्षर गरिए पछि बिवाद समाधान भएको छ । वडा नं. ४ का वडाध्यक्ष सरण राईको उपस्थितिमा छलफल भएको थियो ।
अन्तु घुम्न आउँने पर्यटकले सम्मले आफ्नो सवारी साधन नकुदाउने ठाउँमा स्थानीय तथा पर्यटन व्यवसायी घिमिरेले ट्याक्टर नहाल्न र नकुदाउन गरेको अनुरोधलाई लत्याउँदै ट्याक्टर चलाए पछि सामाजीक रुपमा चर्को बिरोध भएको थियो । घिमिरेले गल्ती स्वीकार गरेपछि सहमती भएको अन्तुका पर्यटन ब्यवसायीले बताएका छन ।
होमस्टे फेडेरेसनका केन्द्रीय उपाध्यक्ष रहेका घिमिरेलेकेहि दिन अघि राती उक्त सडकमा ट्याक्टर लगेका थिए ।

TOP