कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

अन्तु पोखरीको निषेधित क्षेत्रमा ट्याक्टर कुदाउदा भत्कीएको संरचनाको मर्मत घिमिरेले गर्ने सहमती

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
अन्तु पोखरीको निषेधित क्षेत्रमा ट्याक्टर कुदाउदा भत्कीएको संरचनाको मर्मत घिमिरेले गर्ने सहमती

फिक्कल: सूर्योदय नगरपालिका ४ मा अवस्थित अन्तु पोखरीकोे निशेधित क्षेत्रमा ट्याक्टर चलाउदा भएको क्षती होमस्टे ब्यवसायी एकराज घिमिरेले मर्मत गर्ने लगायतका सहमती भएको छ ।
केहि दिन अघि निषेधित क्षेत्रमा होमस्टे ब्यवसायी घिमिरेले ट्याक्टर कुदाए पछि स्थानीय नागरिक, पर्यटन व्यवसायीले लिखित हस्ताक्षर सहित वडा कार्यालय उजुरी गरेका थिए । सोही उजुरी पछि वडा कार्यालयमा भएको छलफलमा ट्याक्टर चलाउदा भत्कीएको संरचना ब्यवसायी एकराज घिमिरेले आफनै लागनीमा मर्मत गर्ने , उक्त क्षेत्रमा सवारी चलाउन पूर्ण निषेध गर्ने , उक्त क्षेत्रमा बैकल्पिक बाटो बनाउन वडाले पहल गर्ने, पक्राउ गरीएको ट्याक्टर र चावी ट्याक्टर धनी भिम बहादुर कामी हस्तान्तरण गर्ने सहमती पत्रमा हस्ताक्षर गरिए पछि बिवाद समाधान भएको छ । वडा नं. ४ का वडाध्यक्ष सरण राईको उपस्थितिमा छलफल भएको थियो ।
अन्तु घुम्न आउँने पर्यटकले सम्मले आफ्नो सवारी साधन नकुदाउने ठाउँमा स्थानीय तथा पर्यटन व्यवसायी घिमिरेले ट्याक्टर नहाल्न र नकुदाउन गरेको अनुरोधलाई लत्याउँदै ट्याक्टर चलाए पछि सामाजीक रुपमा चर्को बिरोध भएको थियो । घिमिरेले गल्ती स्वीकार गरेपछि सहमती भएको अन्तुका पर्यटन ब्यवसायीले बताएका छन ।
होमस्टे फेडेरेसनका केन्द्रीय उपाध्यक्ष रहेका घिमिरेलेकेहि दिन अघि राती उक्त सडकमा ट्याक्टर लगेका थिए ।

TOP