जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलाम कारागारबाट भागेका राई पक्राउ

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
इलाम कारागारबाट भागेका राई पक्राउ

इलाम : इलाम कारागारबाट विहीबार दिउँसो भागेका थुनुवा शुक्रबार साँझ पक्राउ परेका छन् । कारागारको सुरक्षा पर्खाल पार गरी भागेका झापा मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई साँझ ५ बजे पुनः पक्राउ परेका हुन् । प्रहरीले खोजतलास गर्ने क्रममा इलाम नगरपालिका १० स्थित माईखोला पारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरिक्षक दिलीप घिमिरेले जानकारी दिए ।

प्रहरीले खोज्दै लखेट्दै लैजाने क्रममा लुक्दै भाग्दै गरेका राईलाई पक्राउ गरेको प्रहरी उपरिक्षक घिमिरेले जानकारी दिए ।राईलाई थप अनुसन्धान गरिने प्रहरी उपरिक्षक घिमिरेले बताए । डाँका मुद्धाका राई २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा पुर्पक्षमा थुनाका लागि कारागार चलान भएका थिए । फरार रहेका अभियुक्तलाई इलाम जिल्ला अदालत इलामले ८ बर्ष कैद र ८० हजार जरिवाना तोकेको थियो ।

राईलाई अब डेढी थप सजाय हुनेछ । कारागार ऐन अनुसार थप डेढी सजाय हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । राई विहीबार दिउँसो ३ बजेतिर सरक्षा पर्खाल पार गरी भागेका थिए । साँझ अन्दाजी ५ बजेर ४० मिनेटमा कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि भागेको खुलेको थियो । गणनाका क्रममा राई फेला नपरेपछि साँझ पौने ७ बजेदेखि नै प्रहरीले खोजतलास सुरु गरेको थियो ।

इलाम कारागारमा एक महिनाअघि मात्र कारागारभित्रै मादकपदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएपछि कारागार थप विवादित बनेको छ । देशकै नमुना सुधार गृहमा एकपछि अर्को यस्तो घटना दोहोरिनुले कर्मचारी र सुरक्षा निकायको मिलेमतोको धेरैले आशंका गर्न थालेका छन् ।

मादकपदार्थ सेवन गरी तास खेलेको भिडियो सार्वजनिक भएपछि बनेको छानबिन समितिले औपचारिकता मात्र पूरा गरेको देखियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरीकुमार थापाको संयोजकत्वमा बनेको छानबिन समितिले तास खेलेको र मदिरा पिएको भिडियो ११ महिना अघिको भएको दावी गरेपनि मदिरा र तास कारागारभित्र कसरी प्रवेश भयो भन्ने खुलाउन सकेन ।

११ महिना अघिको भिडियो भएको दावी गरेपनि त्यो बेलाका कर्मचारी र सुरक्षाकर्मीहरुको बारेमा सुक्ष्म अध्ययन नगरी प्रतिवेदन तयार गरेको पाइएको थियो । त्यो प्रतिवेदनले त्यतिबेलाका कर्मचारी र सुरक्षाकर्मीको सेटिङलाई बचाउ गरेको देखाएको थियो । एक सय २५ जनाको क्षमता रहेको इलाम कारागारमा दुई सय बढी कैदी र थुनुवा रहेका छन् ।

TOP