जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

नयाँ बर्षमा इलाममा माईपोखरी म्याराथन हुने

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
नयाँ बर्षमा इलाममा माईपोखरी म्याराथन हुने
सुनिता खालिङ राई,इलामः


फिक्कल: नयाँ बर्ष २०८० को अवसरमा इलाममा खुल्ला म्याराथुन म्याराथन हुने भएको छ । आगामी वैशाख १ गते खेलकुद विकास, स्वास्थ्यकर जीवन,इलामको अभियान पर्यटन प्रवर्द्धन भन्ने नाराका साथ म्याराथन हुँने भएको हो ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलाम नगरपालिका, सन्दकपुर गाँउपालिका र नेपाली सेनाको रणसार्दुल गणको संयुक्त आयोजनामा इलाम–माईपोखरी म्याराथन हुने भएको छ । म्याराथन पुरुष र महिला दुवै विधामा हुने छ ।
पुरुष तर्फको म्याराथन ४२ दशमलव २ किलोमिटर हुनेछ । इलाम नगरपालिका–१० गोदकको मेची राजमार्ग स्थित नारायण चोक–माईखोला–इलाम बजार–बिब्ल्याटे–धारापानी–माईपोखरी–सातखाल्डे मैदान सम्म रहेको छ । यसै गरी महिला तर्फ हाफ म्याराथन हुनेछ । महिला तर्फको दौड इलाम बजार–बिब्ल्याटे–धारापानी– माईपोखरी–सातखाल्डे मैदान सम्म २१ दशमलब १ किमी रहेको छ ।म्याराथनमा अन्तराष्ट्रिय धावक समेत सहभागी हुने इलामका नगरपालिकाका नगर प्रमुख केदार थापाले जानकारी दिनु भयो ।
पुरुष तर्फ पहिलो हुनेलाई २ लाख ५० हजार र महिला तर्फ पहिलो हुनेलाई १ लाख रुपियाँ प्रदान गरिनेछ । दुवै समूह तर्फ १० औं स्थान सम्म प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउने छन ।कार्यक्रमलाई पर्यटन बोर्ड इलाम नगरपालिका , रणसार्दुल गण , बैंक तथा बित्तिय सस्थाले आर्थिक सहयोग गर्ने भएका छन् ।

TOP