जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाममा साहित्य महोत्सव हुने

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलाममा साहित्य महोत्सव हुने

गणेश घिमिरे इलाम:


इलाम साहित्य महोत्सव आउँदो चैत्र २६ र २७ गते हुने भएको छ । साहित्यको क्षेत्रबाट इलामको पर्यटन प्रबद्र्धन गर्दै इलामको साहित्यिलाई देश बिदेशमा चिनाउने उदेश्यका साथसाहित्य महोत्सवको आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ ।

पर्यटनका लागि साहित्य भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका चर्चित करिब डेढसय जना साहित्यकारहरुको उपस्थिती रहने आयोजक इलाम साहित्य समाजका अध्यक्ष सुरेन्द्र राईले बताउनुभयो । साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाम पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि दोस्रो संस्करणको महोत्सव हुन लागेको हो । यसअघि २०७६ सालमा प्रथम इलाम साहित्य महोत्सव सञ्चालन भएको थियो ।

इलाम साहित्य समाज र इलाम नगर साहित्य कला प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुन लागेको साहित्य महोत्सवमा नेपालका बिभिन्न जिल्ला भारतको झारखण्ड, दार्जिलिङ, कोलकत्ता, सिक्किम, सिलगुडिबाट बिशिष्ट साहित्यकारहरुको उपस्थित रहने इलाम नगर साहित्य कला प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिनुभयो । यस महोत्सवमा नेपाली सिने जगतका चर्चित कलाकारहरु उपेन्द्र सुब्बा, बिजय बराल र करिष्मा मानन्धरको पनि उपस्थिती रहनेछ । महोत्सवमा कवितामा स्थानीय चेत, कला र आदिवासि सौन्दर्य चेतना, महाभारा देखि टिष्टासम्म, कस्तो सिनेमा, सफल कि सार्थक, समाबेशि लेखन, नेपालको पर्यटनमा पूर्वेली भाषा, साहित्य र सत्ता, मातृभाषा साहित्यमा शिल्प चेतना लगायतका बिषयमा छलफल र बहस हुनेछ ।

यस्तै कोशि प्रदेश कहिले बन्छ, एक नम्बर प्रदेश रु शिर्षकमा पत्रकार बसन्त बस्नेतले गुरुराज घिमिरे, प्रदिप ज्ञवाली र घनश्याम भुषाल संग बहस कार्यक्रम समेत सञ्चालन हुनेछ । करिब साडे १८ लाख रुपैंयाँ खर्च लाग्ने यस साहित्य महोत्सवको माध्यमबाट इलामको पर्यटन क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्ने बिश्पास आयोजकले लिएको अध्यक्ष थाम्सुहाङले बताउनुभयो । महोत्सवमा साहित्यसँगै पर्यटन, राजनीति र इलामको चिनारीबारे बहस हुनेछ ।

TOP