खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

सहारा नेपालको आयोजनामा सूर्योदय १२ मा गाई पालन ब्यवस्थापन तालिम सम्पन्न

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
सहारा नेपालको आयोजनामा सूर्योदय १२ मा गाई पालन ब्यवस्थापन तालिम सम्पन्न

फिक्कल: इलामको सूर्योदय नगरपालिका १२ मा एक दिने गाई पालन ब्यवस्थापन तालिम सम्पन्न भएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड फिक्कल सेवा केन्द सहयोग उप समिति संयोजक देवी प्रसाद आचार्यको अध्यक्षता तथा वडा नं.१२ का वडाध्यक्ष डोलेन्द्र भारद्धवजको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा वडाले सिफारिस गरेका र सहाराका बिभिन्न समुहमा आवद्ध गाईपालक किसान गरी ४० जना बढीको सहभागीता रहेको थियो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड फिक्कल सेवा केन्द प्रमुख कल्पना ढुंगानाले उक्त कार्यक्रममा स्वागत मन्तब्य राख्दै सहाराले गर्दै आएका आयमुलक काम र संस्थाको गतिविधि बारे जानकारी दिनु भएको थियो । कार्यक्रममा वडाध्यक्ष भारद्धवजले ग्रामिण क्षेत्रमा पुगेर गरीएका यस्ता तालिमले किसानलाई प्रत्यक्ष फाईदा पुग्ने बताउनु भएको थियो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कृषि युनिट प्रमुख डा. कमलेश्वर भाट , बरिष्ठ कृषि अधिकृत राजेन्द्र प्रसाद खरेल र पशु प्राविधिक रमेश घिमिरेले ब्यवसायीक गाईपालन , नष्ल सुधार , बिभिन्न रोगको जोखीमबाट बच्ने उपाय , पशु आहार , स्याहार सुसार र ब्यवसायीक तरकारी खेती लगायतका बिषयमा तालिम दिनु भएको थियो । सहभागीलाई प्रमाणपत्र ,जुकाको औषधी बितरण गरिएको थियो । संस्थाका कर्मचारी दुर्गा बहादुर राउतले संचालन गर्नु भएको कार्यक्रममा सहभागी लिलादेबी ढकाल लगायतले तालिमले ब्यवसायीक बन्न सहज हुने बताएका थिए । सहाराले बचत ऋण संगै कृषि र पशु क्षेत्रमा समेत किसानलाई सहयोग गर्दै आएको छ ।

TOP