प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सहारा नेपालको आयोजनामा सूर्योदय १२ मा गाई पालन ब्यवस्थापन तालिम सम्पन्न

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
सहारा नेपालको आयोजनामा सूर्योदय १२ मा गाई पालन ब्यवस्थापन तालिम सम्पन्न

फिक्कल: इलामको सूर्योदय नगरपालिका १२ मा एक दिने गाई पालन ब्यवस्थापन तालिम सम्पन्न भएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड फिक्कल सेवा केन्द सहयोग उप समिति संयोजक देवी प्रसाद आचार्यको अध्यक्षता तथा वडा नं.१२ का वडाध्यक्ष डोलेन्द्र भारद्धवजको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा वडाले सिफारिस गरेका र सहाराका बिभिन्न समुहमा आवद्ध गाईपालक किसान गरी ४० जना बढीको सहभागीता रहेको थियो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड फिक्कल सेवा केन्द प्रमुख कल्पना ढुंगानाले उक्त कार्यक्रममा स्वागत मन्तब्य राख्दै सहाराले गर्दै आएका आयमुलक काम र संस्थाको गतिविधि बारे जानकारी दिनु भएको थियो । कार्यक्रममा वडाध्यक्ष भारद्धवजले ग्रामिण क्षेत्रमा पुगेर गरीएका यस्ता तालिमले किसानलाई प्रत्यक्ष फाईदा पुग्ने बताउनु भएको थियो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कृषि युनिट प्रमुख डा. कमलेश्वर भाट , बरिष्ठ कृषि अधिकृत राजेन्द्र प्रसाद खरेल र पशु प्राविधिक रमेश घिमिरेले ब्यवसायीक गाईपालन , नष्ल सुधार , बिभिन्न रोगको जोखीमबाट बच्ने उपाय , पशु आहार , स्याहार सुसार र ब्यवसायीक तरकारी खेती लगायतका बिषयमा तालिम दिनु भएको थियो । सहभागीलाई प्रमाणपत्र ,जुकाको औषधी बितरण गरिएको थियो । संस्थाका कर्मचारी दुर्गा बहादुर राउतले संचालन गर्नु भएको कार्यक्रममा सहभागी लिलादेबी ढकाल लगायतले तालिमले ब्यवसायीक बन्न सहज हुने बताएका थिए । सहाराले बचत ऋण संगै कृषि र पशु क्षेत्रमा समेत किसानलाई सहयोग गर्दै आएको छ ।

TOP