जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

सन्दकपुर गोल्डकप चैत २४ देखि

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
सन्दकपुर गोल्डकप चैत २४ देखि

इलाम : तेस्रो सन्दकपुर आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सन्दकपुर गाउँपालिका ३ देउरालीस्थित सात खाल्डे सहिद खेलमैदानमा चैत २४ गतेदेखि वैशाख १ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । आयोजक समितिका उपाध्यक्ष सुरेश बुर्जा मगरका अनुसार उपविजेताले नगद ८१ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले जनही ४र४ हजार पाउने आयोजक समितिका उपाध्यक्ष मगरले जानकारी दिए ।उनका अनुसार प्रतियोगितामा इलाम, ताप्लेजुङ, झापा र ललितपुरका ८ टिमको सहभागिता रहने छ । जसमा इलामको आयोजक टिम, रेड हर्ष एफसी, फिक्कल युनाइटेड एफसी, नव प्रयास युवा क्लब फुङ्लिङ्ङ नगरपालिका ताप्लेजुङ, झापाको बिर्तामोड युनाइटेड एफसी, दमक युनाइटेड एकाडेमी, बुट्टाबारी युनाइटेड क्लब र ललितपुरको सुनाकोठी एफसी रहेका छन् ।

TOP