Hamropalika menu advertisement

व्याडमिन्टन संघमा हुकुम थेवे

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
व्याडमिन्टन संघमा हुकुम थेवे

इलाम :जिल्ला व्याडमिण्टन संंघ इलामको प्रथम अधिवेशनले हुकुम थेवेको अध्यक्षतामा १५ सदस्य नयाँ जिल्ला कार्य समिति चयन गदै इलामका सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा क्रमश प्रेम सुब्बा, देवेन्द्र मुखिया, थेवा तामाङ्ग र निरोज ढकाल रहेका छन् समितिको सचिव हेमराज ढकाल, कोषाध्यक्ष राजन दाहाल सदस्यहरुमा गणेश गुरुङ्ग, कुबेर राई, बलराम बराइली, राजन श्रेष्ठ, सन्देश राई, सुमन काफ्ले, सुलुचना भक्तराज, पुष्कर बुर्जा लगायत रहेका छन् । कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा जिल्ला ब्याडमिण्डन संघको जिल्ला अध्यक्ष सुवास चिपालुको अध्यक्षतामा सम्पन्न भएको थियो । भने कार्यक्रमको विषेश अथिति प्रहरी प्रमुख दिलिप घिमिरे, शसस्त्र प्रहरी प्रमुख द्रोण विष्ट, इलाम नगरपालिकाका इलामको प्रवक्ता नुतनदेव दुलाल, नरेश श्रेष्ठ, गोपाल चौहान, इश्वर चिपालु, बुद्धिचाल संघ कोशी प्रदेश अध्यक्ष सुरेन्द्र राई, विजय ताम्राकार, सुनिल लिङदम लगायत रहेका थिए ।

TOP