प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलाम नगरपालिका नौ मा किसान समूहलाई मिनि पावर टिलर वितरण

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिका नौ मा किसान समूहलाई मिनि पावर टिलर वितरण

इलाम: कृषिमा आधुनिकिकरण गरी व्यवसायिक वनाउने उदेश्यले इलाम नगर पालिका वडा ९ का विभिन्न ६ कृषक समूहलाई हाते ट्रयाक्टर वितरण गरीएको छ । शुक्रबार आयोजित कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्का र वडाध्यक्ष गोपाल चौहानले हस्तान्तरण गर्नुभयो ।
हते ट्याक्टरको मर्मत सम्भार गरी संचालन गर्न सजिलो होस भनेर समूह मार्फत ट्याक्टर वितरण गरिएको वडाध्यक्ष चौहानले बताउनुभयो । ट्याक्टर खरिद गर्नका लागि कृषि कार्यक्रम अन्तर्गत वडाले पाँच लाख बजेट छुट्याएको थियो । यस्तै जम्मा १३ लाख कृषि कार्यक्रम अन्तर्गत वडाभित्रका विभिन्न २० किसानलाई गाइपालनमा गाइ खरिद गर्न वडाले सहयोग गरेको छ । किसानको ५० प्रतिशत लगानीमा गाइपालनमा सहयोग गरिएको हो । वडाबासीलाई मकैको विउ र विभिन्न महँगो तरकारी बालीका बीउ शत प्रतिशत अनुदानमा वितरण गरिएको चौहानले जानकारी दिनुभयो । कार्यक्रममा किसानहरुले वडाको सहयोगले बाली विस्तारमा थप सहयोग पुगेको धारणा राखेका थिए ।

TOP