खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

इलाम नगरपालिका नौ मा किसान समूहलाई मिनि पावर टिलर वितरण

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
इलाम नगरपालिका नौ मा किसान समूहलाई मिनि पावर टिलर वितरण

इलाम: कृषिमा आधुनिकिकरण गरी व्यवसायिक वनाउने उदेश्यले इलाम नगर पालिका वडा ९ का विभिन्न ६ कृषक समूहलाई हाते ट्रयाक्टर वितरण गरीएको छ । शुक्रबार आयोजित कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्का र वडाध्यक्ष गोपाल चौहानले हस्तान्तरण गर्नुभयो ।
हते ट्याक्टरको मर्मत सम्भार गरी संचालन गर्न सजिलो होस भनेर समूह मार्फत ट्याक्टर वितरण गरिएको वडाध्यक्ष चौहानले बताउनुभयो । ट्याक्टर खरिद गर्नका लागि कृषि कार्यक्रम अन्तर्गत वडाले पाँच लाख बजेट छुट्याएको थियो । यस्तै जम्मा १३ लाख कृषि कार्यक्रम अन्तर्गत वडाभित्रका विभिन्न २० किसानलाई गाइपालनमा गाइ खरिद गर्न वडाले सहयोग गरेको छ । किसानको ५० प्रतिशत लगानीमा गाइपालनमा सहयोग गरिएको हो । वडाबासीलाई मकैको विउ र विभिन्न महँगो तरकारी बालीका बीउ शत प्रतिशत अनुदानमा वितरण गरिएको चौहानले जानकारी दिनुभयो । कार्यक्रममा किसानहरुले वडाको सहयोगले बाली विस्तारमा थप सहयोग पुगेको धारणा राखेका थिए ।

TOP