अर्थ वाणिज्य २० लाख किसानलाई परिचय पत्र वितरण गरिने :कृषि मन्त्री अधिकारी अर्थ वाणिज्य इलाममा करोडौंको लगानीमा फनपार्क र रिसोर्टसहितको गाई फार्म खुल्दै पालिका विशेष बिपत प्रतिकार्यमा जुट्दै सूर्योदय नगरपालिका जीवनशैली सिद्धिखोला जलबिद्युत आयोजनाका कारण आधा दर्जन घर जोखिममा अर्थ वाणिज्य जस्बीरे चिया उद्योगमा आगलागी हुदा करोडको क्षति जीवनशैली केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त प्रदेश केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त जीवनशैली सूर्योदय नगरपालिकाबाटै अव राष्ट्रिय परिचयपत्र सेवा खेलकुद कोशी प्रदेश खेलकुद महोत्सव मङ्गलबारदेखि अर्थ वाणिज्य ६१ लाख बढीको सुरक्षा सामग्री एक बर्ष देखि चिया बिस्तार फिक्कलको गोदाममा
Hamropalika menu advertisement

इलामका दुईबटा तालिम सेन्टरका काजगपत्र जिल्ला प्रशासनको नियन्त्रणमा

  • प्रकाशित मितिः March 21, 2025
  • हाम्रो पालिका
इलामका दुईबटा तालिम सेन्टरका काजगपत्र जिल्ला प्रशासनको नियन्त्रणमा

फिक्कल: सेवाग्राहिको गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय इलामले इलाम बजारमा संचालित दुईवटा तालिम सेन्टरका काजगपत्र नियन्त्रणमा लिएको छ । बैदेशीक रोजगारका लागि भाषा तालिम दिईने केएमटी कलेज र शिप सिकाउने एस स्टील तालिम सेन्टरका कागजपत्र प्रशासनले आज नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रशासन कार्यालय इलामका अधिकउत यादव राउतको नेतृत्वमा , जिल्ला प्रहरी कार्यालय, घरेलु कार्यालय, करदाता सेवा कार्यालय, र शिक्षा समन्वय इकाईका प्रतिनिधि सहितको टोलीले अनुगमन गर्दा ती तालिम सेन्टरको दर्ता , वविकरण जस्ता समस्या देखिए पछि कागजात नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनु भयो । उहाले संकलन गरिएका कागजातको छानबिन गरीने जानकारी दिनु भयो । उहाले भन्नु भयो‘हामीले ती तालिम सेन्टरलाई थप कागजपत्र पेश गर्न ७ दिनको समय दिएका छौ, आवश्यक कागजात पेश नगरे कारवाही हुन्छ ।’
तालिम सेन्टर बढी रकम असुलेको लगायतका गुनासो आउने गरेको छ ।पछिल्लो समय सरकारले कोरियामा मौषमी कामदार पठाउन पूर्ण रुपमा बन्द भैरहेको जानकारी गराई रहदा समेत कोरिया पठाउने भन्दै प्रतिब्यक्ति ९० हजार लिएर स्टील तालिम दिईरहेको पाईएको छ । केहि पालिकाबाट गएका ब्यक्तिलाई यसरी तालिम दिईने गरिएको छ । प्रशासन कार्यालयले मौषमी कामदार कोरीया पठाउन भन्दै दिइएको तालिममा बढी शुल्क लिएको गुनासो आए पछि अनुगमन गरिएको जनाएको छ ।
कोरीया सरकारले नेपाली कामदार मौषमी कामदारका रुपमा लैजान पूर्ण रुपमा यस अघि नै रोक लगाईसकेको छ । कुनै पालिकामा मौषमी कामदार लैजाने सहमती नभए पनि केहि ब्यक्तिको भरमा ब्यक्ति छनौट गरी तालिम दिने काम भैरहेको छ ।

TOP