जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामका दुईबटा तालिम सेन्टरका काजगपत्र जिल्ला प्रशासनको नियन्त्रणमा

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामका दुईबटा तालिम सेन्टरका काजगपत्र जिल्ला प्रशासनको नियन्त्रणमा

फिक्कल: सेवाग्राहिको गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय इलामले इलाम बजारमा संचालित दुईवटा तालिम सेन्टरका काजगपत्र नियन्त्रणमा लिएको छ । बैदेशीक रोजगारका लागि भाषा तालिम दिईने केएमटी कलेज र शिप सिकाउने एस स्टील तालिम सेन्टरका कागजपत्र प्रशासनले आज नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रशासन कार्यालय इलामका अधिकउत यादव राउतको नेतृत्वमा , जिल्ला प्रहरी कार्यालय, घरेलु कार्यालय, करदाता सेवा कार्यालय, र शिक्षा समन्वय इकाईका प्रतिनिधि सहितको टोलीले अनुगमन गर्दा ती तालिम सेन्टरको दर्ता , वविकरण जस्ता समस्या देखिए पछि कागजात नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनु भयो । उहाले संकलन गरिएका कागजातको छानबिन गरीने जानकारी दिनु भयो । उहाले भन्नु भयो‘हामीले ती तालिम सेन्टरलाई थप कागजपत्र पेश गर्न ७ दिनको समय दिएका छौ, आवश्यक कागजात पेश नगरे कारवाही हुन्छ ।’
तालिम सेन्टर बढी रकम असुलेको लगायतका गुनासो आउने गरेको छ ।पछिल्लो समय सरकारले कोरियामा मौषमी कामदार पठाउन पूर्ण रुपमा बन्द भैरहेको जानकारी गराई रहदा समेत कोरिया पठाउने भन्दै प्रतिब्यक्ति ९० हजार लिएर स्टील तालिम दिईरहेको पाईएको छ । केहि पालिकाबाट गएका ब्यक्तिलाई यसरी तालिम दिईने गरिएको छ । प्रशासन कार्यालयले मौषमी कामदार कोरीया पठाउन भन्दै दिइएको तालिममा बढी शुल्क लिएको गुनासो आए पछि अनुगमन गरिएको जनाएको छ ।
कोरीया सरकारले नेपाली कामदार मौषमी कामदारका रुपमा लैजान पूर्ण रुपमा यस अघि नै रोक लगाईसकेको छ । कुनै पालिकामा मौषमी कामदार लैजाने सहमती नभए पनि केहि ब्यक्तिको भरमा ब्यक्ति छनौट गरी तालिम दिने काम भैरहेको छ ।

TOP