जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको सूर्योदय नगरपालिका आर्थिक विकास क्षेत्रमा देशकै उत्कृष्ठ घोषणा

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामको सूर्योदय नगरपालिका आर्थिक विकास क्षेत्रमा देशकै उत्कृष्ठ घोषणा

इलाम: इलामको सूर्योदय नगरपालिका आर्थिक विकास क्षेत्रमा देशकै उत्कृष्ठ भएको छ ।नेपाल नगरपालिका संघले सोमबार काठ्माण्डौमा आयोजना गरेको कार्यक्रममा स्थानीय आर्थिक विकास क्षेत्रमा देशकै उत्कृष्ठ नगरपालिका घोषणा गर्दै पुरस्किृत गरिएको हो ।
२ सय ९३ पालिकामध्ये स्थानीय आर्थिक विकास क्षेत्रमा सूर्योदय नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो ।प्रशासक काशीनाथ दाहालको संयोजकत्वमा अर्थ, संघीय मामिला, शिक्ष , स्वास्थ्य कृषि मन्त्रालय सहित बितिय आयोगका १५ जना बिज्ञको टोलीले अध्ययन गरी बिभिन्न मापदण्डको आधारमा उत्कृष्ठ नगरपालिका घोषणा गरेको छ । स्थानीय आर्थिक बिकासमा सूर्योदय संगै सामाजिकमा ललितपुर महानगरपालिका र सहरी योजना तथा पूर्वाधार बिकास तथा बिपत ब्यवस्थपनमा भरतपुर महानगरपालिका पहिलो भएको छ ।
एक कार्यक्रमाका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट नगर प्रमुख राईले उत्कृष्ठ नगरपालिकाको प्रमाणपत्र ग्रहण गर्नु भयो । उहाले सूर्योदय नगरपालिकाले आफ्ना सबै क्षेत्रलाई परिष्कृत गर्दै चौतर्फी विकासको मार्गमा अघि बढेको बताउनु भयो । नगर प्रमुख राईले भन्नु भयो ‘आर्थिक रचना र प्रणालीले विधि पद्धति र मानव सम्वन्धमा परिवर्तन ल्याउन सक्छ।’उहाले सूर्योदय नगरपालिकाले आर्थिक रचना र प्रर्णालीलाई आफ्नो कार्य प्रविणता ठानेको बताउनु भयो । नगर प्रमुख राईले परिवर्तनको अनुभूति गर्न समयको प्रतिक्षा गर्नु पर्ने भए पनि सूर्योदयको मार्ग स्पष्ट भैसकेको जानकारी दिनु भयो । उहाले सूर्योदयको बिकासले स्पष्ट चित्रहरू देखिन थालेको बताउनु भयो ।
उहाले सूर्योदय नगरपालिकालाई उत्कृष्ट नगरपालिका बनाउन सहयोग गर्ने कर्मचारी सहित सबैलाई धन्यवाद दिनु भएको छ । सूर्योदय नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन –Local Government Institutional Capacity Self–Assessment मा हालसम्मको प्रथम र पालिकामध्ये दोस्रो र कार्य सम्पादनमा पनि निकै राम्रो अवस्था रहेको छ । सूर्योदय नगरपालिकाले सार्वजनिक सेवालाई सुदृढीकरण गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायित्व, नैतिकतापूर्ण , कार्यप्रवीणता बनाउन स्पष्ट दृष्टिकोण तयार गरीसकेको छ ।
नगरले जनताको गुनासो सुन्न “ गुनासो चौतारी “ बडा–बडामा प्रारम्भ गरेको छ। नगरपालिकाको एप्स खुल्ला गरेको छ। प्रविधिमा फडको मारेको नगरले हस्तलिखित कागजपत्र बिस्थापन गर्दै डिजिटलाईज गरेको छ । शिक्षा, स्वस्थ्य , कषि र पशुपालनमा निरन्तर लागि रहेको नगरपालिका कोशी प्रदेशको पर्यटकीय नगरी समेत हो ।सूर्योदय नगरपालिका बालमैत्री नगरपालिका समेत घोषणा भैसकेको छ ।

TOP