जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

रोङका मेडल जित्ने खेलाडीलाई नगद सहित सम्मान गरिने

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
रोङका मेडल जित्ने खेलाडीलाई  नगद सहित सम्मान गरिने

फिक्कल: १३ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा मेडल जित्ने खेलाडीलाई रोङ गाउँपालिकाले नगद सहित सम्मान गर्ने भएको छ । प्रतियोगितामा स्वर्ण पदक जित्नेलाई नगद १५ हजार, रजत पदक विजेतालाई ६ हजार र काँस्य पदक विजेतालाई ३ हजार रुपियाँ दिने निर्णय भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो जानकारी दिनु भयो ।
सहभागी खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले फागुन २५ गतेको बैठकबाट पुरस्कृत गर्ने निर्णय गरिएको अध्यक्ष स्याङबोले जानकारी दिनु भयो । पुरस्कारले खेल क्षेत्रमा लाग्न खेलाडीलाई थप प्रोत्साहन मिल्ने उहाले बताउनु भयो । लागुऔषध कुलतबाट युवालाई बचाउदै खेल जगतबाट नेपाललाई बिश्वमा चिनाउन सक्ने बिश्वास गाउँपालिकाले लिएको छ ।
फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा रोङ गाउँपालिकाले २ स्वर्ण, ५ रजत र ५ काँस्य सहित रोङ छैटौ स्थान हासिल गरेको थियो । आगामी बर्ष उत्कृष्ट नतिजा ल्याउनको लागि खेलाडीलाई प्रोत्साहन मिल्ने अध्यक्ष स्याङबोले बिश्वास ब्यक्त गर्नु भयो ।
अध्यक्ष स्याङबोले पूर्वाधार अभावका बिचमा कुशलता पुर्वक आतिथ्य सत्कार गरेको भन्दै फाकफोकथुम गाउँपालिका परिवारलाई धन्यवाद समेत ज्ञापन गर्र्नु भयो । स्याङबोले विकट गाउँमा समेत स्तरी प्रतियोगिता आयोजना गर्न सकिने कुरालाई फाकफोकथुमले प्रमाणित गरेकाले सदरमुकाम बाहिरका पालिका उत्साहित रहेको बताउनु भयो । जिल्ला खेलकुद बिकास समितिले पहिलोपटक सदरमुकाम बाहिर प्रतियोगिता सम्पन्न गरेको छ ।

TOP