पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

इलामको पशुपतिनगरमा सशस्त्र प्रहरीद्धारा ११ लाख बढीको अवैध सामान बरामद

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
इलामको पशुपतिनगरमा सशस्त्र प्रहरीद्धारा ११ लाख बढीको अवैध सामान बरामद

फिक्कल: इलामको पशुपतिनगरबाट भन्सार छलेर भारत लैजादै गरिएको ११ लाख मुल्य बढीको चुरोट र पोस दाना शसस्त्र प्रहरी पशुपतनगरले बरामद गरी भन्सारमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल बिओपी) पशुपतिनगरका सशस्त्र प्रहरी निरीक्षक दिनेश आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले भन्सार छलेर अवैध रुपमा भारत लैजादै गएिको साहारा चुरोट र पोस दाना बरामद गरी मंगलबार पशुपतिनगर भन्सार दाखिला गरेको हो ।
उक्त सामानको ११ लाख ७५ हजार रुपियाँ मुल्य निर्धारण गरी भन्सार दाखिला गरिएको छ । मानेभञ्ज्याङ रोडमा भारत लैजादै गर्दा प्रहरीले फेला पारेको उक्त सामान कस्ले लैजादै गरेको भन्ने खुलेको छैन । प्रहरी पुग्नु अघि नै बेवारीसे अवस्थामा सामान छोडेल लैजाने ब्यक्ति फरार भएको भन्सार कार्यालयले जानकारी दिएको छ । भन्सार दाखिला भएको सामग्री लिलामी प्रक्रियामा लगिने भन्सार कार्यालय पशुपतिनगरले जनाएको छ ।
पशुपतिनगर नाका भएर अवैध रुपमा चुरोट लगायतका बस्तु बिगत देखि नै भारत लैजाने गरिएको छ । प्रहरीले सीमा क्षेत्रमा निगरानी गर्दै आएको छ ।

TOP