जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको पशुपतिनगरमा सशस्त्र प्रहरीद्धारा ११ लाख बढीको अवैध सामान बरामद

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामको पशुपतिनगरमा सशस्त्र प्रहरीद्धारा ११ लाख बढीको अवैध सामान बरामद

फिक्कल: इलामको पशुपतिनगरबाट भन्सार छलेर भारत लैजादै गरिएको ११ लाख मुल्य बढीको चुरोट र पोस दाना शसस्त्र प्रहरी पशुपतनगरले बरामद गरी भन्सारमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल बिओपी) पशुपतिनगरका सशस्त्र प्रहरी निरीक्षक दिनेश आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले भन्सार छलेर अवैध रुपमा भारत लैजादै गएिको साहारा चुरोट र पोस दाना बरामद गरी मंगलबार पशुपतिनगर भन्सार दाखिला गरेको हो ।
उक्त सामानको ११ लाख ७५ हजार रुपियाँ मुल्य निर्धारण गरी भन्सार दाखिला गरिएको छ । मानेभञ्ज्याङ रोडमा भारत लैजादै गर्दा प्रहरीले फेला पारेको उक्त सामान कस्ले लैजादै गरेको भन्ने खुलेको छैन । प्रहरी पुग्नु अघि नै बेवारीसे अवस्थामा सामान छोडेल लैजाने ब्यक्ति फरार भएको भन्सार कार्यालयले जानकारी दिएको छ । भन्सार दाखिला भएको सामग्री लिलामी प्रक्रियामा लगिने भन्सार कार्यालय पशुपतिनगरले जनाएको छ ।
पशुपतिनगर नाका भएर अवैध रुपमा चुरोट लगायतका बस्तु बिगत देखि नै भारत लैजाने गरिएको छ । प्रहरीले सीमा क्षेत्रमा निगरानी गर्दै आएको छ ।

TOP