जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको कुट्टिडाँडामा पार्किङस्थलको सिलान्यास

  • प्रकाशित मितिः April 18, 2026
  • हाम्रो पालिका
इलामको कुट्टिडाँडामा पार्किङस्थलको सिलान्यास

फिक्क्ल: इलामको रोङ गाउँपालिका ३ स्थित कुट्टिडाँडामा सुविधा सम्पन्न पार्किङ स्थल निर्माण गरिने भएको छ । कोशी प्रदेशको लगानीमा निर्माण हुने पार्किङ स्थलको कोशी प्रदेशका शहरी विकास मन्त्री दुर्गा प्रसाद चापागाईले आईतबार शिलान्यास गर्नु भएको हो ।
प्रदेश सरकारको २ करोड ८५ लाख ३४ हजार ७ सय १५ रुपियाँको लागतमा सम्पन्न हुने पार्किङ स्थलको किरात माई भगवती जेभी इलामले निर्माणको जिम्मा पाएको छ ।उक्त पार्किङ स्थलको २०८१ असार २८ गते सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भई सकेको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनु भयो । शिलान्यास गर्दै मन्त्री चापागाईले समयमै काम सम्पन्न गर्न निर्देशन समेत दिनु भयो ।
कार्यक्रममा प्रदेश सांसद समसेर राई, खिनु लङ्वा लिम्बु, शहरी विकास मन्त्रालयका सचिव मोहन चापागाई, गाउँपालिकाका अध्यक्ष स्याङ्बो, उपाध्यक्ष बिष्णुमाया भुजेल, पूर्व सासंद धिरन्द्र शर्मा, शहरी विकास तथा भवन डिभिजन कार्यालय इलामका प्रमुख रिजनिस झाको उपस्थिति रहेको थियो ।उक्त पार्किङ स्थल निर्माण भई सक्दा पाथीभरा आउने पर्यटकलाई सवारी पाकिङमा सहज हुने छ ।

TOP