जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

रोङमा एमालेको ग्रासरुट कार्यक्रम

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
रोङमा एमालेको ग्रासरुट कार्यक्रम

इलाम: नेकपा एमालेका केन्द्रीय सदस्य गीता अधिकारीले जननेता स्वर्गीय मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनबादको १४ वटा बिशेषताहरु पार्टी र पार्टीका कार्यकर्ता स्तर सम्म पु¥याइने बताउनु भएको छ ।
नेकपा एमालेको ग्रास रुट कार्यक्रमलाई इलामको रोङ गाउपालिकामा सम्बोधन गर्दै केन्द्रीय सदस्य अधिकारीले समृध्द नेपाल र सुखी नेपालीको राट्रिय आकाक्षा पुरा गर्न ग्रासरुट कार्यक्रम आयोजना गरिएको र यो अभियानले नेकपा एमालेको संगठन बिस्तारमा उर्जा थपिएको बताउनु भयो ।
एमाले रोङले आयोजना गरेको सुखानी सहिद स्मृति दिवस तथा मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्ने अन्य बक्ताहरुले पनि बर्तमान चुनौति र एमालेको भूमिकाको बारेमा आ आफनो धारणा राखेका थिए । यसरी धारणा राख्ने हरुमा दिपककुमार थेबे, हेमराज आचार्य, युवराज खाप्तुवा राई, बिष्णुमाया खवास, सत्यम राई चौरासे ध्रुव श्रेष्ठ लगायत रहेका थिए ।
कार्यक्रममा रोङ गाउपलिकामा एमाले बाट बिजयी जनप्रतिनिधिहरु, एमालेका जिल्ला कमिटिमा रोङबाट प्रतिनिधीत्व गर्ने सदस्यहरु, पूर्व जनप्रतिनिधिहरु पाटीका कार्यकर्ताहरु र एमालेका शुभचिन्तकहरुको सहभागिता रहेको एमाले रोङका सचिब उपेन्द्र न्यौपानेले जानकारी दिनु भएको छ ।
कार्यक्रम अन्तरगत रोङका ६ वटै वडामा बिभिन्न मितिमा वडा स्तरीय अभियानको कार्यक्रम गरिने तालिका तयार भएको एमाले रोङले जनाएको छ । एमाले रोङका सचिब उपेन्द्र न्यौपानेका अनुसार वडा नम्बर १ बाट वडा नम्बर ६ सम्म नै कार्यक्रम गरिने छ ।

TOP