जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको रोङमा सहिद परिबारलाई माओबादीको सम्मान

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
इलामको रोङमा सहिद परिबारलाई माओबादीको सम्मान

गणेश अर्याल

इलामको रोङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले गाउपालिका को १० जना सहिदको परिवारलाई सम्मान गरेको छ । माओबादीको सहिद सप्ताह अन्तरगत आइतबार रोङ गाउँपालिका ३ को कुटिडाँडामा आयोजित एक कार्यक्रममा सहिदको योगदानको स्मरण गर्दै सहिद परिवारलाई सम्मान गरिएको हो ।

माओबादी केन्द्र रोङका अध्यक्ष देबकुमार राईको सभापतित्वमा भएको एक सक्षिप्त कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुने सहिद परिवारहरुमा सहिदहरु क्रमश जीवन प्रधान, लिला तिम्सिना, फौदशिह लिम्बु, किसान राई, सुरेन्द्र राई, प्रमिला राई पूर्ण गुुरुङ, चेतन भटराई, धनबहादुर मगर र हरि दाहालको परिवारका सदस्यहरु रहेका छन् । सहिद परिवारका सदस्यहरुलाई कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दुर्गा प्रसाद चापागाइले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको थियो । दश बर्षे जनयुध्द कालमा राज्य पक्षबाट मारिएका हरुको सम्झनामा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री चापागाइले १० बर्षे जनयुध्दको फलस्वरुप अहिले देशमा ३ तहको सरकार बनेको भएपनि जनताको मनबाट माओबादी पाटी हट्न थालेको दुखेसो सुनाउनु भयो । जनयुध्द र सहिदको सम्मानमा उपयुक्त स्थानमा सहिद पार्क बनाउन आगामी बर्ष बजेट र कार्यक्रम पार्ने बताउनु भएको छ । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा ,माओबादी रोङका इन्चार्ज घनश्याम थापा, भक्तबहादुर खवास, लगायतले पाटीको बर्तमान अवस्था र चुनौतीको बारेमा आ आफनो धारणा राख्नु भएको थियो ।

TOP