जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

इलामको रोङमा सहिद परिबारलाई माओबादीको सम्मान

  • प्रकाशित मितिः November 5, 2025
  • हाम्रो पालिका
इलामको रोङमा सहिद परिबारलाई माओबादीको सम्मान

गणेश अर्याल

इलामको रोङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले गाउपालिका को १० जना सहिदको परिवारलाई सम्मान गरेको छ । माओबादीको सहिद सप्ताह अन्तरगत आइतबार रोङ गाउँपालिका ३ को कुटिडाँडामा आयोजित एक कार्यक्रममा सहिदको योगदानको स्मरण गर्दै सहिद परिवारलाई सम्मान गरिएको हो ।

माओबादी केन्द्र रोङका अध्यक्ष देबकुमार राईको सभापतित्वमा भएको एक सक्षिप्त कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुने सहिद परिवारहरुमा सहिदहरु क्रमश जीवन प्रधान, लिला तिम्सिना, फौदशिह लिम्बु, किसान राई, सुरेन्द्र राई, प्रमिला राई पूर्ण गुुरुङ, चेतन भटराई, धनबहादुर मगर र हरि दाहालको परिवारका सदस्यहरु रहेका छन् । सहिद परिवारका सदस्यहरुलाई कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दुर्गा प्रसाद चापागाइले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको थियो । दश बर्षे जनयुध्द कालमा राज्य पक्षबाट मारिएका हरुको सम्झनामा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री चापागाइले १० बर्षे जनयुध्दको फलस्वरुप अहिले देशमा ३ तहको सरकार बनेको भएपनि जनताको मनबाट माओबादी पाटी हट्न थालेको दुखेसो सुनाउनु भयो । जनयुध्द र सहिदको सम्मानमा उपयुक्त स्थानमा सहिद पार्क बनाउन आगामी बर्ष बजेट र कार्यक्रम पार्ने बताउनु भएको छ । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा ,माओबादी रोङका इन्चार्ज घनश्याम थापा, भक्तबहादुर खवास, लगायतले पाटीको बर्तमान अवस्था र चुनौतीको बारेमा आ आफनो धारणा राख्नु भएको थियो ।

TOP