जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

राम जानकी मन्दिरको महापुराणको आयव्यय सार्वजनिक

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
राम जानकी मन्दिरको महापुराणको आयव्यय सार्वजनिक

इलाम: इलाम नगरपालिका वडा नम्बर ५,बरबोटेमा रहेको राम जानकी मन्दिरले शिव महापुराण ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरेको छ । आज एक कार्यक्रम गरी मन्दिरका सचिव युवराज दाहालले महायज्ञको आम्दानी र खर्च सार्वजनिक गर्नुभएको हो । सचिव दाहालका अनुसार मन्दिरले विभिन्न शिर्षक अन्र्तगत १३ लाख ८० हजार ८ सय ९७ रुपैयाँ आम्दानी गरेको छ ।यस्तै महायज्ञ अवधिभर ६ लाख ५२ हजार ७ सय ३० रुपैयाँ खर्च भएको उल्लेख छ ।सम्पूणर् खर्च कटाएर ७ लाख २८ हजार १ सय ६७ रुपैयाँ बचत भएको कोषाध्यक्ष टिका प्रसाद भण्डारीले जानकारी दिनुभयो ।महायज्ञमा विभिन्न दाताहरुबाट पूजा सामाग्री,दिवा खाजा र एक थान ठूलो घण्टी प्राप्त भएको उल्लेख छ ।मन्दिरले महायज्ञ अवधिभर महत्वपूणर् सहयोग गर्ने १५ जनालाई सम्मान पनि गरेको छ ।महायज्ञमा अपेक्षा गरीए भन्दा धेरै भक्तजन आएको साथै समावेशी पनि भएको पुराण संयोजक लिलानाथ लम्सालले बताउनुभयो ।गत माघ २८ गतेदेखी फाल्गुन ७ गतेसम्म राम जानकी मन्दिर परिसरमा शिव महापुराण ज्ञान महायज्ञको आयोजना भएको थियो ।

TOP