जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

राम जानकी मन्दिरको महापुराणको आयव्यय सार्वजनिक

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
राम जानकी मन्दिरको महापुराणको आयव्यय सार्वजनिक

इलाम: इलाम नगरपालिका वडा नम्बर ५,बरबोटेमा रहेको राम जानकी मन्दिरले शिव महापुराण ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरेको छ । आज एक कार्यक्रम गरी मन्दिरका सचिव युवराज दाहालले महायज्ञको आम्दानी र खर्च सार्वजनिक गर्नुभएको हो । सचिव दाहालका अनुसार मन्दिरले विभिन्न शिर्षक अन्र्तगत १३ लाख ८० हजार ८ सय ९७ रुपैयाँ आम्दानी गरेको छ ।यस्तै महायज्ञ अवधिभर ६ लाख ५२ हजार ७ सय ३० रुपैयाँ खर्च भएको उल्लेख छ ।सम्पूणर् खर्च कटाएर ७ लाख २८ हजार १ सय ६७ रुपैयाँ बचत भएको कोषाध्यक्ष टिका प्रसाद भण्डारीले जानकारी दिनुभयो ।महायज्ञमा विभिन्न दाताहरुबाट पूजा सामाग्री,दिवा खाजा र एक थान ठूलो घण्टी प्राप्त भएको उल्लेख छ ।मन्दिरले महायज्ञ अवधिभर महत्वपूणर् सहयोग गर्ने १५ जनालाई सम्मान पनि गरेको छ ।महायज्ञमा अपेक्षा गरीए भन्दा धेरै भक्तजन आएको साथै समावेशी पनि भएको पुराण संयोजक लिलानाथ लम्सालले बताउनुभयो ।गत माघ २८ गतेदेखी फाल्गुन ७ गतेसम्म राम जानकी मन्दिर परिसरमा शिव महापुराण ज्ञान महायज्ञको आयोजना भएको थियो ।

TOP