जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

उद्योग बाणिज्य संघ रोङमा नयाँ नेतृत्व

  • प्रकाशित मितिः September 21, 2026
  • हाम्रो पालिका
उद्योग बाणिज्य संघ रोङमा नयाँ नेतृत्व

रोङ :रोङ उद्योग वाणिज्य संघको पहिलो साधारण सभा नगेन्द्र राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै इलामको रोङ गाउँपालिकामा सम्पन्न भएको छ ।समितिको उद्योग उपाध्यक्षमा अर्जुन ढकाल, बाणिज्य उपाध्यक्षमा डाइमण्ड तिम्सिना र महिला उपाध्यक्षमा सिता न्यौपाने चयन भएका छन् । त्यसैगरी महासचिबमा माधब निरौला र सचिबमा नन्दकुमार गुरुङ चयन भएका छन् ।

समितिको अन्य सदस्यहरुमा शुष्मा शर्मा ढकाल, कृष्ण श्रेष्ठ, रचनामाया भूजेल, डिना तामाङ, भरत राई, कमल प्रसाद अर्याल, तेबहादुर राइ र रामबहादुर भूजेल चयन भएका छन् ।
सभाले चिन्तामणी बरालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ । लेखा समितिको सदस्यहरुमा उषा पौडेल ९भुजेल० र दिनेश निरौला रहेका छन् ।निर्वान कार्यक्रम अनुसार प्रत्येक पदमा एक एक जना उम्मेद्वारको मात्र मनोनयन परेकाले सञ्चालक समिति र लेखा समितिलाई निर्बिरोध निर्बाचित भएको घोषणा गरिएको निर्वाचन उपसमितिका संयोजक गणेश अर्यालले जानकारी दिए । नव निर्वाचित समितिका अध्यक्ष इको चिया उत्पादक सहकारी संस्थाका सञ्चालक समितिका सदस्य समेत रहेका छन् ।

यस अघि सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रोङ गाउपालिका अध्यक्ष मणीकुमार स्याङबोले नीजि क्षेत्रको बिकास नभइ देश बिकास हुन नसक्ने बताए । उद्योग बाणिज्य संघले गर्ने हरेक कार्यहरुमा गाउपालिका सहकार्य गर्न तयार रहेको बताउँदै रोङ गाउपालिका अध्यक्ष स्याङबोले बितीय साक्षरता कार्यक्रममा उद्योग बाणिज्य संघको भूमिका महत्व पूर्ण हुने बताए ।
कार्यक्रममा सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले भारत सग को पशुपतिनगर नाकाबाट हुने कारोबार ब्यवस्थित बनाउन सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति इलामका सदस्य प्रेमराज गुरुङ रोङ ३ का वडा अध्यक्ष मात्रिका बराल इको चिया उत्पादक सहकारी सस्थाका अध्यक्ष रनबहादुर गुरुङ पामकोल बचत तथा ऋण सहकारी सस्थाका गोपाल निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।उद्योग बाणिज्य संघ रोङमा ३ वटा संघसंस्था सहित ८४ जना सदस्य रहेको नवनिर्बाचित समितिका महासचिव माधव निरौलाले बताए ।

TOP