पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

उद्योग बाणिज्य संघ रोङमा नयाँ नेतृत्व

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
उद्योग बाणिज्य संघ रोङमा नयाँ नेतृत्व

रोङ :रोङ उद्योग वाणिज्य संघको पहिलो साधारण सभा नगेन्द्र राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै इलामको रोङ गाउँपालिकामा सम्पन्न भएको छ ।समितिको उद्योग उपाध्यक्षमा अर्जुन ढकाल, बाणिज्य उपाध्यक्षमा डाइमण्ड तिम्सिना र महिला उपाध्यक्षमा सिता न्यौपाने चयन भएका छन् । त्यसैगरी महासचिबमा माधब निरौला र सचिबमा नन्दकुमार गुरुङ चयन भएका छन् ।

समितिको अन्य सदस्यहरुमा शुष्मा शर्मा ढकाल, कृष्ण श्रेष्ठ, रचनामाया भूजेल, डिना तामाङ, भरत राई, कमल प्रसाद अर्याल, तेबहादुर राइ र रामबहादुर भूजेल चयन भएका छन् ।
सभाले चिन्तामणी बरालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ । लेखा समितिको सदस्यहरुमा उषा पौडेल ९भुजेल० र दिनेश निरौला रहेका छन् ।निर्वान कार्यक्रम अनुसार प्रत्येक पदमा एक एक जना उम्मेद्वारको मात्र मनोनयन परेकाले सञ्चालक समिति र लेखा समितिलाई निर्बिरोध निर्बाचित भएको घोषणा गरिएको निर्वाचन उपसमितिका संयोजक गणेश अर्यालले जानकारी दिए । नव निर्वाचित समितिका अध्यक्ष इको चिया उत्पादक सहकारी संस्थाका सञ्चालक समितिका सदस्य समेत रहेका छन् ।

यस अघि सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रोङ गाउपालिका अध्यक्ष मणीकुमार स्याङबोले नीजि क्षेत्रको बिकास नभइ देश बिकास हुन नसक्ने बताए । उद्योग बाणिज्य संघले गर्ने हरेक कार्यहरुमा गाउपालिका सहकार्य गर्न तयार रहेको बताउँदै रोङ गाउपालिका अध्यक्ष स्याङबोले बितीय साक्षरता कार्यक्रममा उद्योग बाणिज्य संघको भूमिका महत्व पूर्ण हुने बताए ।
कार्यक्रममा सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले भारत सग को पशुपतिनगर नाकाबाट हुने कारोबार ब्यवस्थित बनाउन सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति इलामका सदस्य प्रेमराज गुरुङ रोङ ३ का वडा अध्यक्ष मात्रिका बराल इको चिया उत्पादक सहकारी सस्थाका अध्यक्ष रनबहादुर गुरुङ पामकोल बचत तथा ऋण सहकारी सस्थाका गोपाल निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।उद्योग बाणिज्य संघ रोङमा ३ वटा संघसंस्था सहित ८४ जना सदस्य रहेको नवनिर्बाचित समितिका महासचिव माधव निरौलाले बताए ।

TOP