जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

किसानको सहयोगी बन्दै ‘सहारा’

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
किसानको सहयोगी बन्दै ‘सहारा’

फिक्कल: इलामको रोङ गाउँपालिका १ नेहितमा बाख्रा पालन ब्यवस्थापन तालिम सम्पन्न भएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड फिक्कल सेवा केन्दको आयोजनामा रोङ गाउँपालिका १ र २ का समुहमा आवद्ध महिलाहरुका मंगलबार बाखा्र पाल ब्यवस्थापन तालिम सम्पन्न गरेको हो ।
महिला समुहकी अध्यक्ष लक्ष्मी राईको अध्यक्षता तथा रोङ गाउँपालिका १ का वडाध्यक्ष मनोहरी खड्काको प्रमुख आतिथ्यततामा सम्पन्न भएको थियो । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड फिक्कल सेवा केन्द प्रमुख कल्पना ढुंगानाले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रम ३ वटा समुह सहितका गरी ३० बढी ब्यवसायीक बाख्रा पालन गर्दै आएका महिलाको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडाध्यक्ष खड्काले सहाराले कृषकको घर सम्म पुगेर गरेको तालिमले किसानलाई थप ब्यवसायीक बन्न सहयोग पुग्ने बताउनु भयो । उहाले सहाराको शेयर सदस्या समुहमा रहेका सामान्य सदस्यले समेत पाउनु पर्ने बताउनु भयो । वडाध्यक्ष खड्काले आगामी दिनमा वडामा सहाराले गर्ने कार्यक्रममा वडाले समेत सहकार्य गर्ने बताउनु भयो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पशु प्राविधिक रमेश घिमिरेले बाखा्र पालन ब्यवस्थापन सम्बन्धि तालिम संचालन गर्नु भएको थियो । उहाले बाख्रा पालन गर्दा ध्यान दिनु पर्ने पक्षा, ठाउँ अनुासर पालन गर्ने बाख्राका जात, बाख्रामा लाग्ने रोग, बाख्रालाई खुवाईने घास , दाना र ब्यवसायीक पक्षका बिषयमा तालिम दिनु भएको थियो ।
कार्यक्रममा सहारा नेपालले प्रदान गर्दै आएका सेवा सुविधा, बचत ,ऋण ,वित्तीय साक्षरता , बस्तु तथा सेवाको बारेमा शाखा प्रमुख ढुंगानाले जानकारी दिनु भएको थियो । संस्थाका कर्मचारी प्रेम राईले संचालन गर्नु भएको कार्यक्रममा कायक्रमकी अध्यक्ष लक्ष्मी राईले सहाराले दिएको तालिमले आफु सहितका महिलालाई ब्यवसायीक बाख्रा पालनमा लाग्न सहयोग पुगेको बताउनु भएको थियो । सहाराले कृषि र पशु क्षेत्रमा समेत किसानलाई सहयोग गर्दै आएको छ ।

रोङ गाउँपालिका १ का वडाध्यक्ष मनोहरी खड्का आफना कुरा राख्दै
TOP