पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

किसानको सहयोगी बन्दै ‘सहारा’

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
किसानको सहयोगी बन्दै ‘सहारा’

फिक्कल: इलामको रोङ गाउँपालिका १ नेहितमा बाख्रा पालन ब्यवस्थापन तालिम सम्पन्न भएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड फिक्कल सेवा केन्दको आयोजनामा रोङ गाउँपालिका १ र २ का समुहमा आवद्ध महिलाहरुका मंगलबार बाखा्र पाल ब्यवस्थापन तालिम सम्पन्न गरेको हो ।
महिला समुहकी अध्यक्ष लक्ष्मी राईको अध्यक्षता तथा रोङ गाउँपालिका १ का वडाध्यक्ष मनोहरी खड्काको प्रमुख आतिथ्यततामा सम्पन्न भएको थियो । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड फिक्कल सेवा केन्द प्रमुख कल्पना ढुंगानाले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रम ३ वटा समुह सहितका गरी ३० बढी ब्यवसायीक बाख्रा पालन गर्दै आएका महिलाको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडाध्यक्ष खड्काले सहाराले कृषकको घर सम्म पुगेर गरेको तालिमले किसानलाई थप ब्यवसायीक बन्न सहयोग पुग्ने बताउनु भयो । उहाले सहाराको शेयर सदस्या समुहमा रहेका सामान्य सदस्यले समेत पाउनु पर्ने बताउनु भयो । वडाध्यक्ष खड्काले आगामी दिनमा वडामा सहाराले गर्ने कार्यक्रममा वडाले समेत सहकार्य गर्ने बताउनु भयो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पशु प्राविधिक रमेश घिमिरेले बाखा्र पालन ब्यवस्थापन सम्बन्धि तालिम संचालन गर्नु भएको थियो । उहाले बाख्रा पालन गर्दा ध्यान दिनु पर्ने पक्षा, ठाउँ अनुासर पालन गर्ने बाख्राका जात, बाख्रामा लाग्ने रोग, बाख्रालाई खुवाईने घास , दाना र ब्यवसायीक पक्षका बिषयमा तालिम दिनु भएको थियो ।
कार्यक्रममा सहारा नेपालले प्रदान गर्दै आएका सेवा सुविधा, बचत ,ऋण ,वित्तीय साक्षरता , बस्तु तथा सेवाको बारेमा शाखा प्रमुख ढुंगानाले जानकारी दिनु भएको थियो । संस्थाका कर्मचारी प्रेम राईले संचालन गर्नु भएको कार्यक्रममा कायक्रमकी अध्यक्ष लक्ष्मी राईले सहाराले दिएको तालिमले आफु सहितका महिलालाई ब्यवसायीक बाख्रा पालनमा लाग्न सहयोग पुगेको बताउनु भएको थियो । सहाराले कृषि र पशु क्षेत्रमा समेत किसानलाई सहयोग गर्दै आएको छ ।

रोङ गाउँपालिका १ का वडाध्यक्ष मनोहरी खड्का आफना कुरा राख्दै
TOP