कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाम नगरपालिका १० मा १४ लाख मुल्यका कृषि सामग्री किसानलाई वितरण

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
इलाम नगरपालिका १० मा १४ लाख मुल्यका कृषि सामग्री किसानलाई वितरण

इलाम: इलाम नगरपालिका १० नम्बर वडा कार्यालयले १४ लाख मूल्य बराबरको कृषि सामग्री वितरण गरेको छ ।वडाका ११० जना किसानलाई व्यवसायिक बन्न प्रेरित गर्ने उदेश्यले वडाले कृषि सामग्री वितरण गरेको हो ।कृषि तथा पशुपालन प्रर्वद्धन कार्यक्रम अन्र्तगत ७० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको वडाअध्यक्ष दिलिप प्रधानले जानकारी दिनुभयो ।उहाँका अनुसार २२ थान मोटर सहितको घाँस काट्ने मेशिन, ३५थान जाली नेट,४० थान टनेल प्लाष्टिक,२१ सय मिटर प्लाष्टिकको पाइप वितरण गरिएको हो ।यस्तै गोठ सुधार अन्र्तगत २८ जना किसानलाई गिटी,सिमेन्ट बालुवा र रड वितरण गरिएको छ ।वडा कार्यालयको १० लाख रुपैयाँ र किसानको ३ लाख ९८ हजार रुपैयाँको लागत साझेदारीमा कृषि सामग्री वितरण गरिएको वडाअध्यक्ष प्रधानले बताउनुभयो । कृषि सामाग्री वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख केदार थापाले व्यवसायीक किसानलाई प्रोत्साहान गर्न नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो ।कृषि क्षेत्रबाट मात्र समग्र देशको आर्थिक विकास हुने बताउँदै आगामी बर्ष पनि नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउने उल्लेख गर्नुभयो ।यस्तै वडाअध्यक्ष प्रधानले किसानका समस्या पहिचान गरी आगामी दिनमा पनि वडाले थप कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

TOP