पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

इलामको माईपोखरी सडकको निरीक्षण,समयमा काम सक्न निर्देशन

  • प्रकाशित मितिः August 19, 2026
  • हाम्रो पालिका
इलामको माईपोखरी सडकको निरीक्षण,समयमा काम सक्न निर्देशन

इलाम: इलामको माईपोखरी जाने सडक निर्माणमा ठेकेदारले लापरबाही गरेपछि स्थानिय निकायका जनप्रतिनिधिहरुले निरिक्षण गरेका छन् । इलाम नगरपालिकाका प्रमुख केदार थापा,सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राई ,इलाम नगरपालिका वडा नम्बर ४का वडाअध्यक्ष नुतनदेव दुलाल,वडा नम्बर २का अध्यक्ष गिरीराज रिजाल,वडा नम्बर ५का अध्यक्ष काजी बहादुर श्रेष्ठ,वडा नम्बर ८का वडाअध्यक्ष दलमान तामाङ,नगरपालिकाका इन्जिनियर दिपक गुरागाँई ,सडक डिभिजनका प्राविधिक सहितको टोलीले सडकको निरिक्षण गरेको हो । ।निरिक्षणको क्रममा गुणस्तरहिन काम गरेको पाइएको र सुधार गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको इलाम नगरप्रमुख थापाले बताउनुभयो ।निर्माण कम्पनीले पनि कमीकमजोरीलाई सुधार गरेर समयमानै सडक निर्माण सक्ने प्रतिबद्धता जनाएको छ ।कमसल काम भएको भन्दै स्थानियले समयमानै प्रविधिका मापदण्ड अनुसारको काम गर्न आग्रह गरेका थिए ।जस्विरेबाट माईपोखरी तर्फको करिब २ किलोमिटर सडक कालोपत्रे गर्न नार्गाजुन कम्पनीले २ बर्ष अघि ३ करोड १५ लाख रुपैयाँमा ठेक्का पाएकोे थियो ।समयमा काम सम्पन्न नगरेपछि उसले पटकक पटक समय थप्दै आइरहेको छ ।कम्पनीले विभिन्न बहाना देआउँदै हालसम्म ३ सय मिटर सडक मात्र कालोपत्रे गरेको छ ।

TOP