जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

रोङको पाथीभरा मन्दिरमा १३ दिनमा करिब ९ लाख रकम जम्मा

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
रोङको पाथीभरा मन्दिरमा १३ दिनमा करिब ९ लाख रकम जम्मा

फिक्कल: इलामको रोङ गाउँपालिका–३ स्थित पाथिभरा मन्दिरमा १३ दिनको अवधिमा करिब ९ लाख रुपैया बराबरको नगद तथा जिन्सी संकलन भएको छ । मन्दिरको स्वामित्व गाउँपालिकाले लिएपछि फागुन १ देखि १३ गतेसम्म ८ लाख ८९ हजार ५ सय १३ रुपैया बराबरको नगद र जिन्सी संकलन भएको पाथिभरा संरक्षण तथा व्यवस्थापन समितिका सचिव एगा अर्यालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
मन्दिरमा १३०० वटा रसिदबाट ५ लाख ४३ हजार ६९४ रुपैया संकलन भएको छ । जिन्सी रसिद २ वटाबाट २ लाख बराबरको सुनचाँदी प्राप्त भएको अनुमान गरिएको छ । शिला संकलन रसिद १३ वटाबाट १ लाख ४५ हजार ८१९ रुपैया बराबर रहेको जनाइएको छ । गाउँपालिकाले दिलीप राईको अध्यक्षतामा समिति गठन गरी व्यवस्थापनको जिम्मा लगाएको थियो ।
छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाको स्वामित्वमा ल्याउन पालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँसभाबाट गत माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाइ जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको हो ।
राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट एक एक जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको छ । बर्सेनि पाँच लाख भक्तजन भित्र्याएर एक करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोजानकारी दिनु भयो ।

TOP