इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण पौडेल निर्वाचित – Hamropalika
जीवनशैली सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण पालिका विशेष सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान अर्थ वाणिज्य इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक खेलकुद नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण पालिका विशेष प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा पालिका विशेष इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन पालिका विशेष इलामको माईमा आगलागिबाट १० लाखको क्षति पालिका विशेष राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने पालिका विशेष इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते पालिका विशेष फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु
Hamropalika menu advertisement

इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण पौडेल निर्वाचित

  • प्रकाशित मितिः May 31, 2023
  • hamro_palika

इलाम: इलाम उद्योग वाणिज्य संघको १६ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट अध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना सँगै आएको परिणाम अनुसार निवर्तमान अध्यक्ष इश्वर चिपालुलाई एक सय ५६ मतले पछि पार्दै पौडेल निर्वाचित भएका हुन् । बिजयी पौडेलले तीन सय ६४ मत प्राप्त गरे भने चिपालुले दुई सय आठ मत प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष पदमा दिपेश श्रेष्ठ निर्वाचित भए । उनले प्रविण श्रेष्ठलाई दुई सय ६१ मतले पछि पार्दै निर्वाचित हुनु भएका हुन् । विजयी दपेशले चार सय ८ मत प्राप्त गरे । प्रविण श्रेष्ठले एक सय ४७ पाएका थिए । उद्योग उपाध्यक्ष तर्फ श्री विष्ट तीन सय ४ मत सहित विजयी भए । उनका प्रतिष्पर्दी प्रेम सापकोटाले दुई सय ४७ ल्याएका थिए ।
वाणिज्य उपाध्य मा बालबुमार श्रेष्ठ निर्वाचित भए । देवी पौडेल र उनले एक सय ९४ मत अर्थात बराबारी मत ल्याएपछि गोलाप्रथाद्धारा श्रेष्ठ विजयी भएका हुन् । सो पदमा अनुजा सुवेदीले एक सय ६२ मत ल्याएका थिए । महिला उपाध्यक्षमा दिब्य भट्टराईले दुई सय ७५ मत प्राप्त गर्दै निर्वाचित भइन् । खिना बस्नेतले दुई सय ७० मत प्राप्त गरिन् ।
सचिवमा सुमन दास दुई सय ६७ मत प्राप्त गर्दै विजयी भए । प्रतिष्पर्दी रामचन्द्र नेपालले १ सय ७९ मत र नेत्र पोखरेलले १ सय ९ मत प्राप्त गरेका थिए ।
महासचिव पदमा हेमन्त गौतम र कोषाध्यक्षमा पदमा सन्तोष भक्तराज निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै खुल्ला सदस्य पदमा समेत धर्मेन्द्र सुवेदी, हिमाल बस्नेत, नितेस खत्री, दिपेश खत्री र दिनेश महत निर्विरोध हुनु भएको छ । यो कार्य समिति तीन वर्षको लागि रहने छ । निर्वाचित पौडेलले आफले ब्यवसायीको हितमा काम गर्ने बताउनु भएको छ ।

TOP