जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण पौडेल निर्वाचित

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण पौडेल निर्वाचित

इलाम: इलाम उद्योग वाणिज्य संघको १६ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट अध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना सँगै आएको परिणाम अनुसार निवर्तमान अध्यक्ष इश्वर चिपालुलाई एक सय ५६ मतले पछि पार्दै पौडेल निर्वाचित भएका हुन् । बिजयी पौडेलले तीन सय ६४ मत प्राप्त गरे भने चिपालुले दुई सय आठ मत प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष पदमा दिपेश श्रेष्ठ निर्वाचित भए । उनले प्रविण श्रेष्ठलाई दुई सय ६१ मतले पछि पार्दै निर्वाचित हुनु भएका हुन् । विजयी दपेशले चार सय ८ मत प्राप्त गरे । प्रविण श्रेष्ठले एक सय ४७ पाएका थिए । उद्योग उपाध्यक्ष तर्फ श्री विष्ट तीन सय ४ मत सहित विजयी भए । उनका प्रतिष्पर्दी प्रेम सापकोटाले दुई सय ४७ ल्याएका थिए ।
वाणिज्य उपाध्य मा बालबुमार श्रेष्ठ निर्वाचित भए । देवी पौडेल र उनले एक सय ९४ मत अर्थात बराबारी मत ल्याएपछि गोलाप्रथाद्धारा श्रेष्ठ विजयी भएका हुन् । सो पदमा अनुजा सुवेदीले एक सय ६२ मत ल्याएका थिए । महिला उपाध्यक्षमा दिब्य भट्टराईले दुई सय ७५ मत प्राप्त गर्दै निर्वाचित भइन् । खिना बस्नेतले दुई सय ७० मत प्राप्त गरिन् ।
सचिवमा सुमन दास दुई सय ६७ मत प्राप्त गर्दै विजयी भए । प्रतिष्पर्दी रामचन्द्र नेपालले १ सय ७९ मत र नेत्र पोखरेलले १ सय ९ मत प्राप्त गरेका थिए ।
महासचिव पदमा हेमन्त गौतम र कोषाध्यक्षमा पदमा सन्तोष भक्तराज निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै खुल्ला सदस्य पदमा समेत धर्मेन्द्र सुवेदी, हिमाल बस्नेत, नितेस खत्री, दिपेश खत्री र दिनेश महत निर्विरोध हुनु भएको छ । यो कार्य समिति तीन वर्षको लागि रहने छ । निर्वाचित पौडेलले आफले ब्यवसायीको हितमा काम गर्ने बताउनु भएको छ ।

TOP