जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको रोङ गाउँपालिकामा बिद्युत सेवा ब्यवस्थापनको पहल

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामको रोङ गाउँपालिकामा बिद्युत सेवा ब्यवस्थापनको पहल

गोबिन्द पौडेल


नागरिकहरुको लागि आधारभुत आवश्यक्ता बनेको बिद्युत बिस्तार र ब्यवस्थापनलाई चुस्त बनाउन रोङ गाउँपालिकाले बिशेष पहल शुरु गरेको छ । गाउँपालिका भित्र पूर्ण र सुरक्षित बिद्युत बिस्तार र बितरण गराउन चालु आर्थिक बर्षमा सबै काठेपोल बिस्तापन र टान्सफर्मरको संख्या थपेर स्तरीय सेवा दिन गाउँपालिका निरन्तर प्रयासमालागेको हो ।
पूर्ण बिद्युतीकरण परियोजना अन्तरगत अधुरो योजना पुरा गर्ने लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष बिण्णुमाया खवासले जानकारी दिनु भयो । क्षमता अनुसारको टान्सफर्मर जडान साथै असुरक्षित काठेपोल रहेको बिबरण संकलन गरिने भएको छ । आवश्यक तथ्यांक सकलन गरि पालिकाले निर्माण गर्ने एकिकृत योजना निर्माण गरी सबै वडालाई आवश्यक पत्रचार गरिएको पालिकाले जनाएको छ ।
कृषिमा निर्भर गाउँपालिकामा दुग्ध चिस्यान केन्द्र,गुन्द्रुक उत्पादन जस्ता साना उध्योगमा सहज बिद्युत आपूर्ती गरेर लागत घटाउन नियमित बिद्युत सेवा प्रवाहको आवश्यक्ता रहेकोले आधारभूत सेवा र आर्थिक समृद्धीकोसुरक्षित र स्तरीय बिद्युत सेवालाई प्राथमिकता गाउँपालिकाले दिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनु भयो ।
गाउँपालिकामा हाल आधा दर्जन जति टान्सफर्मर र ६ सय जति फलामे पोल थप्नु पर्ने अनुमान गरिएको भएपनि डिटेल सर्बे गर्ने काम भैरहेको र ठेक्का प्रक्रियामा समेत गैसकेको जनाईएको छ ।

TOP