Hamropalika menu advertisement

बुबाको स्मृतिमा आर्थिक सहयोग

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
बुबाको स्मृतिमा आर्थिक सहयोग
गोबिन्द पौडेल:

इलामको रोङ ६ सलकपुरको एक परिवारले आफ्ना पिताको स्मृतिमा दुशईबटा सामुदायिक सस्थालाई आर्थिक सहयोग गरेका छन् ।
आफ्ना पिता भक्त बहादुर थापा मगरको स्मृतिमा उनका छोरा कुषल थापा मगर र कृष्ण थापाले स्थानिय मोतिराम माध्यमिक बिद्यालयलाई नगद एकलाख र नजिकै रहेको देबिस्थान मर्मतको लागि नगद ५१ हजार ५ सय प्रदान गरेका हुन ।
आफ्ना बुवा भक्त बहादुर मगरको गत माघ २५ गते निधन भएकोमा सहयोग बाफत उठेको एक लाख ५१ हजार पाचसय रकम सामाजिक सस्थालाई दिएको सहयोगि कुषल थापाले बताए । सोहि बिद्यालयमा अध्ययन गरेका मोतिराम मा बि का पूर्व बिद्यार्थी कृष्ण थापा अहिले अमेरिकामा प्रोफेसर रहेका छन् ।
आफुले पढेको बिद्यालय अहिलेपनि अभिभावककै सहयोगमा चल्नु पर्ने देखेपछि अभिभावकले गर्नुपर्ने आर्थिक सहयोगको बार्षिक रुपमा जिम्मा लिने जिम्बेवारि लिएको कृष्णका दाजु कुषलले बताए ।बिद्यालयलाई थापा परिवारले गरेको आर्थिक सहयोग सिकाई स्तर बृद्धिमा खर्च गरिने प्रधानाध्यापक कुमार मगरले बताए । यसैगरि आफ्नै टोलमा रहेको देविस्थान मर्मतको लागि रोङ गाउँपालिका वडा न ६ ले चालु बर्षमा तिसहजार बिनियोजन गरेको भएपनि त्यसले खास काम पुरा नहुने देखेर देविथान मर्मतमा सहयोग गरेको कुषलको भनाई रहेको छ ।

TOP