जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको चुलाचुलीमा आफ्नै अस्पतालबाट स्वास्थ बिमा शुरु

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलामको चुलाचुलीमा  आफ्नै अस्पतालबाट स्वास्थ बिमा शुरु

इलाम: इलामको चुलाचुली गाउँपालिकाले नागरिकलाई स्वास्थ्य उपचारमा सहज गराउन सञ्चालन गरिरहेको अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।गाउँपालिका परिसरमै सञ्चालन भईरहेको चुलाचुली अस्पतालको नाममा बुधबादेखि स्वास्थ्य बिमा कार्यक्रमको औपचारिक सुरुवात गरेको हो । चुलाचुली गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नै अस्पतालबाट स्वास्थ बिमा कार्यक्रम सुरुवात गरेको हो ।

अस्पतालमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले स्वास्थ्य बिमा कार्यक्रमको औपचारिक सुरुवात भएको जानकारी दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष केरुङले गाउँपालीकाबासीलाई आधारभूत स्वास्थ्य उपचार पालिकाभित्रै उपलब्ध गराउने र जटिल प्रकारका बिमारीलाई अन्य सुबिधासम्पन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भए त्यो सुबिधा समेत उपलब्ध गराउने गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको बताए ।

‘चुलाचुलीबासीहरुले सामान्य बिमारी हुँदा समेत रेफर लिनका लागि झापाको दमकको अस्पतालसम्म धाउनुपर्ने र दमक अस्पतालको भिडले समेत हैरान ब्यहोर्नु परिरहेको थियो’ केरुङले भने, ‘चुलाचुलीबासी नागरिकको सहजताका लागि गाउँमै सुबिधा दिन पालिकाकै अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरेको हो ।’चुलाचुलीबासी नागरिकहरुलाई आफ्नै अस्पतालबाट स्वास्थ्य बिमाको सेवा दिन थालेपछि झापाको विभिन्न अस्पतालसम्म जानुपर्ने र घण्टौंसम्म लाईन बस्नुपर्ने बाध्यता हटेको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय ईलामका प्रमुख आदित्य शाक्यले गाउँपालिकामा रहेको अस्पताललाई रेफर सेन्टर मात्रै नबनाएर जटिल प्रकारका रोगको उपचार समेत गर्न सक्ने बनाउन आग्रह गरे । कार्यक्रममा चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लिराम सुवेदी, ५ नम्बर वडा अध्यक्ष बबिन राई, निवर्तमान वडा अध्यक्ष कालिदास भट्टराई, राजनैतिक व्यक्तित्वहरु कान्छा लावती, धर्म ढुंगानालगायतले पालिकामा स्थापना भएको अस्पतालबाट सहज सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

चुलाचुली गाउँपालिका कार्यालय रहेको भवनबाटै पाँच बेडको चुलाचुली अस्पताल सञ्चालन भईरहेको छ । अस्पतालमा अहिले दैनिक ५० बढी सेवाग्राहीहरुले सेवा लिदैं आएको अस्पतालका मेडिकल अधिकृत डाक्टर अर्पण कटुवालले जानकारी दिए ।गाउँपालिकाले आफ्नै नीजि श्रोतमा जनशक्ति नियुक्त गरी अस्पताल व्यवस्थापन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य ईकाईमा कार्यरत कर्मचारीसँगै एकजना मेडिकल अधिकृत र एकजना ल्याब असिस्टेण्ड नियुक्त गरी अस्पताल व्यवस्थापन गरिएको सुवेदीले बताए ।

चुलाचुली गाउँपालिकामा हाल १५ बेडको अस्पताल निर्माणाधीन छ । वडा नम्बर २ मा निर्माणाधीन अस्पताल सम्पन्न भएपछि स्वास्थ्य बिमा कार्यक्रम समेत सोही अस्पतालमा स्थानान्तरण गरिने सुवेदीले जानकारी दिए ।चुलाचुलीमा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम संचालनका लागि गएको १८ फागुनमा चुलाचुली अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।नयाँबुलन्दबाट

TOP