इलामको चुलाचुलीमा आफ्नै अस्पतालबाट स्वास्थ बिमा शुरु – Hamropalika
पर्यटन कन्याममा बिज्ञान र ग्रणित प्रदर्शनी तथा प्रतियोगिता पालिका विशेष शंकर आधारभूत बिद्यालयको ६१ औं बार्षिक उत्सब सम्पन्न पर्यटन इलामका बिद्यालयमा पर्यटन क्लब गठन पालिका विशेष बिज्ञान तथा गािणत प्रदर्शनी सम्बन्धि सूचना प्रदेश १ मेची राजमार्गमा प्रहरीको स्कटिङमा यातायत सुचारु अर्थ वाणिज्य कोशी प्रदेशबाट अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात अर्थ वाणिज्य मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण पालिका विशेष लागुऔषध सहित माई नगरपालिकाबाट एक जना पक्राउ पालिका विशेष बिद्यार्थीलाई ब्रस र पेष्ट बाढ्दै सूर्योदयका नगर प्रमुख राई अर्थ वाणिज्य गजुरमुखी धार्मिक मेलामा दर्शनार्थीको घुँइचो
Hamropalika menu advertisement

इलामको चुलाचुलीमा आफ्नै अस्पतालबाट स्वास्थ बिमा शुरु

  • प्रकाशित मितिः December 1, 2023
  • hamro_palika

इलाम: इलामको चुलाचुली गाउँपालिकाले नागरिकलाई स्वास्थ्य उपचारमा सहज गराउन सञ्चालन गरिरहेको अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।गाउँपालिका परिसरमै सञ्चालन भईरहेको चुलाचुली अस्पतालको नाममा बुधबादेखि स्वास्थ्य बिमा कार्यक्रमको औपचारिक सुरुवात गरेको हो । चुलाचुली गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नै अस्पतालबाट स्वास्थ बिमा कार्यक्रम सुरुवात गरेको हो ।

अस्पतालमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले स्वास्थ्य बिमा कार्यक्रमको औपचारिक सुरुवात भएको जानकारी दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष केरुङले गाउँपालीकाबासीलाई आधारभूत स्वास्थ्य उपचार पालिकाभित्रै उपलब्ध गराउने र जटिल प्रकारका बिमारीलाई अन्य सुबिधासम्पन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भए त्यो सुबिधा समेत उपलब्ध गराउने गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको बताए ।

‘चुलाचुलीबासीहरुले सामान्य बिमारी हुँदा समेत रेफर लिनका लागि झापाको दमकको अस्पतालसम्म धाउनुपर्ने र दमक अस्पतालको भिडले समेत हैरान ब्यहोर्नु परिरहेको थियो’ केरुङले भने, ‘चुलाचुलीबासी नागरिकको सहजताका लागि गाउँमै सुबिधा दिन पालिकाकै अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरेको हो ।’चुलाचुलीबासी नागरिकहरुलाई आफ्नै अस्पतालबाट स्वास्थ्य बिमाको सेवा दिन थालेपछि झापाको विभिन्न अस्पतालसम्म जानुपर्ने र घण्टौंसम्म लाईन बस्नुपर्ने बाध्यता हटेको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय ईलामका प्रमुख आदित्य शाक्यले गाउँपालिकामा रहेको अस्पताललाई रेफर सेन्टर मात्रै नबनाएर जटिल प्रकारका रोगको उपचार समेत गर्न सक्ने बनाउन आग्रह गरे । कार्यक्रममा चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लिराम सुवेदी, ५ नम्बर वडा अध्यक्ष बबिन राई, निवर्तमान वडा अध्यक्ष कालिदास भट्टराई, राजनैतिक व्यक्तित्वहरु कान्छा लावती, धर्म ढुंगानालगायतले पालिकामा स्थापना भएको अस्पतालबाट सहज सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

चुलाचुली गाउँपालिका कार्यालय रहेको भवनबाटै पाँच बेडको चुलाचुली अस्पताल सञ्चालन भईरहेको छ । अस्पतालमा अहिले दैनिक ५० बढी सेवाग्राहीहरुले सेवा लिदैं आएको अस्पतालका मेडिकल अधिकृत डाक्टर अर्पण कटुवालले जानकारी दिए ।गाउँपालिकाले आफ्नै नीजि श्रोतमा जनशक्ति नियुक्त गरी अस्पताल व्यवस्थापन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य ईकाईमा कार्यरत कर्मचारीसँगै एकजना मेडिकल अधिकृत र एकजना ल्याब असिस्टेण्ड नियुक्त गरी अस्पताल व्यवस्थापन गरिएको सुवेदीले बताए ।

चुलाचुली गाउँपालिकामा हाल १५ बेडको अस्पताल निर्माणाधीन छ । वडा नम्बर २ मा निर्माणाधीन अस्पताल सम्पन्न भएपछि स्वास्थ्य बिमा कार्यक्रम समेत सोही अस्पतालमा स्थानान्तरण गरिने सुवेदीले जानकारी दिए ।चुलाचुलीमा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम संचालनका लागि गएको १८ फागुनमा चुलाचुली अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।नयाँबुलन्दबाट

TOP