Hamropalika menu advertisement

१४ वटा चोरीका मोटरसाईकल इलाम प्रहरीको नियन्त्रणमा

  • प्रकाशित मितिः July 29, 2026
  • हाम्रो पालिका
१४ वटा चोरीका मोटरसाईकल इलाम प्रहरीको नियन्त्रणमा

फिक्कल : इलाम प्रहरीले पुसयता जिल्लाका विभिन्न स्थानबाट १४ वटा चोरीको मोटरसाइकल पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय इलामले विभिन्न जिल्लालगायत भारतबाट चोरी गरी ल्याईएका मोटरसाईकहरुलाई पक्राउ गर्न सञ्चालन गरेको अभियानमा पक्राउ गतेको हो ।जिल्लाको विभिन्न स्थानहरुमा चेकजाच गर्ने, चेक पोइन्ट स्थापना गर्ने र संकित मोटरसाईकलहरु सम्बन्धमा विशेष अनुसन्धान गर्ने क्रममा कागजपत्र नभएका वटा मोटरसाईकल पक्राउ गरी अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही अभियान अन्तर्गत केही समय पहिला पनि चोरी गर्दागदैको अवस्थामा चोरीका ७ वटा मोटरसाईकल र चोरीमा संलग्नलाई पक्राउ गरी कानुनी कार्वाहीको प्रकृयामा रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले मातहतका सबै प्रहरी इकाईहरुलाई अभियानकै रुपमा यो सरप्राईज चेक प्वाईन्ट खडा गरी कागजपत्र नभएका मोटरसाईकल पक्राउ गर्न निर्देशन समेत दिएका छन् ।

TOP