प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

रोङको पाटापुर जलवायु अनुकुलित गाउँ बन्दै

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
रोङको पाटापुर जलवायु अनुकुलित गाउँ बन्दै

फिक्कल: दक्षिणी इलामको रोड. गाउँपालिका ६ को पाटापुर गाउँलाई जलबायु अनुकुलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । भारतसँगको सीमावर्ति मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुरका बासीन्दालाई स्थानीय हावापानी सुहाउदो बीउ बाली , खेती प्रणाली प्रवद्र्धन र अन्य तालिम तथा सचेतना कार्यक्रम संचालन गरिएको छ । यस्तै सोलार लिफ्टीडं प्रविधिको सीचाई आयोजना निर्माण गरिएको छ ।
चुरे क्षेत्रको पाटापुरमा सीचाइको लागि नामसालिड. सामुदायिक विकास केन्द्र मार्फत सोलार लिफ्टीड. प्रविधिको सीचाई आयोजना उद्घाटन गरिएको छ । गाउँपालिका र स्थानीय पहलका लागि क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम संचालन भएको हो । आयोजनाको संयुक्त रुपमा कोषका काउन्सीलर कोलीन र गाउँपालिका अध्यक्ष सुवास स्याड.्वोले बुधबार उद्घाटन गर्नुभयो ।

नामसालिड. सामुदायिक विकास केन्द्रका टिमलिडर हिराकाजी घलेका अनुसार गाउँमा रहेको सुख्खा जमिनमा सीचाई सुविधा उपलव्ध गराई यहाँ जलवायु अनुकुल बाली विस्तार गर्न ६० घर परिवारलाई सहयोग पुगेको छ । पाटापुरमा बाँदर हात्ती र बाघ जस्ता बन्यजन्तुले हानी नोक्सानी नगर्ने बाली विकासका लागि बीउ वितरण गरिएको छ । यस्तै यहाँका खेत बारीमा प्रयोग गर्न मीनी पावर टिलर, कुटानी पीसानी मील र च्यापकटर मेशीन वितरण गरिएको छ ।

गाउँमा ६ वटा लघु उद्यम संचालन शुरु भएको गाउँ पालिका अध्यक्ष सुवास स्याड.्वा्ले बताउनुभयो । पाड.्गारिक खेती प्रवद्र्धनका लागि २० घरधुरीमा स्थानीय श्रोत र साधन प्रयोग गरी गोठ तथा खोर सुधारमा सहयोग गरिएको छ । बेमौसमी तरकारी खेती प्रवद्र्धनका लागि गाउँबासीलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । कार्यक्रमले हावापानी सुहाउदो खेती प्रणालीको सुरुवातका साथै कृषिमा प्रविधिको विकास भएको छ । पाटापुरमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा सम्पन्न भएको संस्थाले जनाएको छ ।
कार्यक्रमका फील्ड संयोजक शान्तिराम घिमिरेले नविकरणीय उर्जामा आधारीत संस्थागत सुधारीएको चुल्हो निमाण गरिएको जानकारी दिए । तीन वटा संस्थागत चुल्हो निर्माण गरिएको छ । कार्यक्रम गत वर्ष संचालन शुरु भई लगत्तै फेब्रुवरीमा सम्पन्न हुने बताइएको छ ।

TOP