फिक्क्ल: इलामको रोङ गाउँपालिकाको हासपोखरी–कुट्टीडाँडामा अवस्थित बहिनी पाथीभरा मन्दिरलाइृ थप ब्यवस्थित गरिने भएको छ । गाउँपालिकाको स्वामित्वमा मन्दिरलाई ल्याए पछि गाउँपालिकाले पाथीभरालाई ब्यवस्थित गर्ने बिभिन्न कामको थालनी गरेको छ ।
गाउँपालिका मातहतमा समिति निर्माण पछि संरक्षणको जिम्मा नयाँ समितिलाई दिइएको छ । पालिकाले मन्दिरको , सडक लगायतका पूर्वाधार बिकासका काम समेत थाल्ने भएको छ । पाथीभरा मन्दिरको संरक्षण र प्रवर्धनको जिम्मा नयाँ समितिलाई एक औपचारीक कार्यक्रम गरी ब्यवस्थापन जिम्मा दिएको छ । पाथीभरा मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याएको एक साता पछि गाउँपालिकाले नयाँ समितिलाई मन्दिर परिसरमा गरेको औपचारीक कार्यक्रम मार्फत ब्यवस्थापन सहित संरक्षणको जिम्मा दिएको हो ।
उप–प्रधानमन्त्री , जलस्रोत सिंचाई तथा उर्जा मन्त्री राजेन्द्र लिङदेनको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले दिलिप राईको अध्यक्षतामा गाउँपालिकाले बनाएको समितिले सोमबारबाटै मन्दिरको सबै काम गर्ने गरी जिम्मेबारी हस्तान्तरण गरिएको जानकारी दिनु भयो । एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको संचालन तथा ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकामा रहने गरी लामो समय पछि गाउँपालिकाको स्वामित्वमा ल्याईएको ल्याईएको थियो ।
गाउँपाकिाले पाथीभरा संरक्षण तथा ब्यवस्थापन ऐन २०७९ तयार गरी गाउँसभाबाट माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ अनुसार कार्यबिधि बनाई जैविक बिविधता तथा धार्मीक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याएको छ ।
गाउँपाकिाले कार्यान्वयनमा ल्याएको पाथीभरा संरक्षण तथा ब्यवस्थापन ऐन २०७९ को दफा ४ अनुसार दिलिप राईको अध्यक्षतामा स्थानीय बासी ,माला ब्यवसायी ,गैर सरकारी संस्था, चन्दा दाता , शिक्षक र प्रत्येक वडाबाट १ जना गरी १९ सदस्यीय समिति समेत निर्माण गरी मन्दिर ब्यवस्थापनको जिम्मा दिएको छ । अध्यक्ष स्याङ्बोले स्थानीय सरकार संचालन ऐनमा स्थानीय मठमन्दिर , धार्मीक स्थलको रेखदेख र संचालन स्थानीय सरकारले नै गर्ने भन्ने उल्लेख भए बमोजीम गाउँपालिकाले जारी गरेको ब्यवस्थापन ऐन अनुसार मन्दिरको संचालन गर्ने गरी समितिलाई जिम्मेवारी दिइएको कार्यक्रममा जानकारी दिनु भयो ।
मन्त्री लिङ्देनले बहिनी पाथीभरा क्षेत्रको बिकासका लागि आफुले सक्ने सहयोग गर्ने र अन्य मन्त्रालयमा पनि सहयोगका लागि अनुरोध गर्ने बताउनु भयो । उहाले धार्मीक क्षेत्रको बिकासमा तीनै तहका सरकारले ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष स्याङ्बोले भन्नु भयो‘ बर्षेनी ५ लाख भक्तजन भित्राएर १ करोड बढी आम्दानी गाउँपालिकाले गर्ने लक्ष्य लिएका छौ ,। उहाले भक्तजनबाट उठेको भेटी, चन्दा र जिन्सीको दुरुपायेग नहुने बताउदै त्यसका लागि मन्दिरलाई प्रविधिमैत्री बनाउने बताउनु भयो ।
कार्यक्रममा जिल्ल समन्य समिति इलामका प्रमुख जयप्रकाश राईले धार्मीक क्षेत्रको बिकास गर्न स्थानीय पालिकाले बढी ध्यान दिनु पर्ने बताउनु भयो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले पाथीभरालाई गाउँपालिकाको स्वामितवमा ल्याउदा गाउँपालिकाको आम्दानी निक्कै बढने बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष बिष्णुमाया खवासले स्वागत मन्तब्य राख्दै रोङ समग्र बिकासका लागि पाथीभरा मन्दिरलाई पाकिाको स्वामित्वमा ल्याईएको जानकारी दिनु भयो । उहाले मन्दिरको आम्दानी कहि कतै हिनामिना नहुने बताउनु भयो ।
नव नियुक्त अध्यक्ष दिलिप राईले पारदर्शी भएर काम गर्ने बताउदै पाथीभराको हिसाव दैनिक रुपमा सार्वजनिक गरीने जानकारी दिनु भयो । स्थानीय योगेश चाम्लिङले पुरानो समितिले अहिले सम्मको हिसावकिताव पारदर्शी भएर सार्वजनिक गर्नु पर्ने बताउनु भयो । उहाले पुरानो समितिले सार्वजनिक नगरे स्थानीयले उक्त हिसाव खोजने बताउनु भयो ।कार्यक्रममा इलाम र झापाका स्थानीय तहका प्रमुख , उपप्रमुखको सहभागीता थियो ।
कार्यक्रममा मन्दिरको बिकासमा सहयोग गर्न माग गर्दै उप प्रधानमन्त्री लिङदेनलाई ज्ञापनपत्र बुझाईएको थियो । बिगत लामो समय देखि संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएको पाथीभरा मन्दिर क्षेत्र विकास कोष समिती नामक संस्थाले सबै कार्य गर्दै संचालन गर्दै आएको थियो । तर, संस्थाले स्थानीय सरकार संग कुनै समन्वय नगरी काम गर्दै आएको थियो ।बहिनी पाथीभरा नामले चिनीने पाथीभरा मन्दिरको स्थापना २०५१ शालमा भएको थियो । बिभिन्न मनोकाक्षा पुरा हुने अपेक्षा राखेर भक्तजन पाथीभरा मन्दिर आउने गरेको पाईन्छ ।