जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

माग्नेको देश भैसक्यो नेपाल : उप–प्रधानमन्त्री लिङदेन

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
माग्नेको देश भैसक्यो नेपाल : उप–प्रधानमन्त्री लिङदेन

फिक्कल: उपप्रधानमन्त्री तथा जलस्रोत सिंचाई तथा उर्जा मन्त्री राजेन्द्र लिङदेनले देश नै मागी खाने जस्तो भएको बताउनु भयो । सोमबार इलामको रोङ गाउँपालिकामा अवस्थित बहिनी पाथीभरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लिङदेनले बिदेशी आउना साथ नेपालले माग्ने मात्र काम गरेको बताउनदै आफैमा आत्मानिर्भर बन्नु पर्ने बताउनु भयो । उहाले अन्य देशका नेता, मन्त्री , कुटनीतिक नियोगका मान्छे आएर जाने बेलामा हामीलाई सहयोग गर्नुहोस भनेर मागेर पठाउनु पर्ने बाध्यता रहेको औल्याउनु भयो । मन्त्री लिङदेनले भन्नु भयो‘आएर राम्ररी स्वागत गर्न नपाई पहिलेको सहयोगका लागि धन्यवाद भनेर फेरी सहयोग गर्नुहोला भन्नु पर्ने त चलनै रहेछ, मन्त्री भएपछि थाहा भयो।उहाले जनताले एउटा मात्र पार्टीलाई सरकार चलाउन जनादेश नदिएकाले कसैले निशेधको राजनीति कोही माथी गर्न नहुने बताउनु भयो ।
मन्त्री लिङदेनले बिद्युत उत्पादनलाई प्राथमिक्ता दिईने बताउनु भएको छ । मन्त्री लिङदेनले बिद्युत उत्पादन र प्रसारका कामलाई प्राथमिक्ता दिईने बताउनु भएको हो । उहाले बिद्युत खरिद सम्झौता खुल्ला गरी सकेको जानकारी दिदै उत्पादन संगै बिद्युतको ब्यपार समेत सुनिश्चित गर्नु पर्ने बताउनु भयो । मन्त्री लिङदेनले भारत र बंगलादेश संग बिद्युतको ब्यपार सहज हुने बताउनु भयो । ‘हामी नतिजा आउने गरी काम गर्नु पर्छ भन्नेमा लागेका छौ, अहिले अध्ययन गर्ने काम भैरहेको छ’ मन्त्री लिङदेनल भन्नु भयो । उहाले थप्नु भयो‘बिद्युत उत्पादन गरेर मात्र भएन, कुन देशलाई बेच्ने भन्ने प्रष्ट हुनु पर्छ ।’
मन्त्री लिङदेनले बुढी गण्डकी, दुधकोशी र तमोर जस्ता जलाशयमा बिद्याुतका ठूलो आयोजना संचालन गरीने बताउनु भयो । उहाले बिद्युत प्राधिकरणको शेयर निष्कासन गर्ने तयारी भएको समेत जानकारी दिनु भयो । ‘शेयर निष्कासन गरेर त्यहि शेयरको रकमले थप बिद्युत उत्पादन गरी बिकासका काम गर्ने हो; मन्त्री लिङदेनले भन्नु भयो । उहाले २९ प्रतिशत शेयर खाडीमा रहनु भएका युवालाई दिईने जानकारीदिनु भयो ।
राष्ट्रिय प्रजातज्त्र पार्टीका अध्यक्ष समेत रहनु भएका मन्त्री लिङदेनले आफु जति दिन पदमा बसेपनि इमान्दारिताका साथ काम गर्ने बताउनु भयो । मन्त्री लिङदेनले पाथीभरामा पूजाअर्चना गर्नु भएको थियो । उहाले पाथीभराको बिकासमा आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

TOP